logo
मंगलबार, कार्तिक ११ २०८३

कमल ६ मा उद्घोषण तथा माईन्युट लेखन तालिम सुरु


  • कुइनेटो न्युज
  • शुक्रबार, असार ६ २०८२

कमल ।कमल गाउँपालिका वडा नम्वर ६ मा उद्घोषण तथा माईन्युट लेखन तालिम सुरु भएको छ ।

वडा बाल सञ्जालको आयोजना , कमल ६ नम्बर वडा कायालयको आर्थिक सहयोग र कुईनेटो मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा शुक्रवार बाट सुरु भएको तालिम तिन दिन सम्म सञ्चालन हुने छ ।

६ नम्वर वडामा रहेका बालबालिकालाई लक्षित गरेर सुरु गरिएको तालिममा ५० जना भन्दा बढी बालबालिका सहभागी रहेका छन् । तालिममा सहभागी लाई सहजकर्ता विष्णु प्रकाश निरौला र सोमराज ढकालले सहजीकरण गर्नु हुनेछ ।

वालबालिकाको पढाईका साथै क्षमता अभिवृद्धीकालागी गाउँपालिका लागिपरेको छ । यस्ता तालिमले वालवालिको क्षमता विकासमा ठुलो सहयोग पुग्ने छ । भोलिको दिनमा यो मुलुकको नेतृत्व गर्ने जिम्मा तपाईहरुको हो । त्यसैले आज देखी नै आफ्नो क्षमता विकासमा लाग्न कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सहभागीलाई सुझाव दिनुभयो ।


उद्घोषण तथा माईन्युट लेखन अहिलेको आवश्यकता हो । त्यसैलाई मध्यनजर गर्दै वडाको तर्फ बाट यो तालिमको आयोजना गरेका र्हौ । तालिम अतिनै महत्व पुर्णछ ।सबै जना सक्रिय रपमा सहभागी भएर तालिममा सिकेका कुराराई भोलिका लिनमा व्यवहारमा लागुगर्न ६ नम्बर वडा अध्यक्ष नरेन्द्र भट्टराईले सहभागी बालबालिकालाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य टंक खड्का र ओम पराजुलीले तथा कुईनेटो मिडिया प्रा.लि.का प्रवन्धक निर्देक उमानाथ भण्डारी तालिमको औचित्य माथि प्रकाश पार्दै तालिम सफलताको शुभकामना मन्तव्य राख्नु भएकोथियो ।


वडा बाल सञ्जालका अध्यक्ष रचित आचार्यको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रम सचिव सुरज सेडाईले सञ्चालन गर्नु भएको थियो भने सदस्य अरुणा बस्नेतले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend