logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा”


  • उमानाथ भण्डारी
  • बुधबार, असार ४ २०८२

कमल । झापाको कमल गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम“ गरिएको छ ।

मंगालवार गाउँपालिका आयोजित एक कार्यका बिच कमल गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम“ भव्य रूपमा सम्पन्न गरिएको थियो ।

कार्यक्रम गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षता र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी ,प्रमुख प्रशासकीय अधिकृत केशब कुमार ढकाल, वडा अध्यक्ष लगायत जनप्रतिनिधी, स्वास्थ्य संस्था प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थितिमा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम“ गरिएको हो ।


घोषणा कार्यक्रममा कमल गाउँपालिकाभित्रका सबै बालबालिकाले नियमित खोप पूरा पाएको सुनिश्चित गरिएको थियो भने आगामी दिनमा पालिकाले खोपको निरन्तरता र दिगोपनामा ध्यान दिने प्रतिबद्धता मा हस्ततक्षर समेत गरिएको थियो ।


कार्यक्रमको अवसरमा खोप योगदान दिने सबै स्वास्थ्य संस्थाहरू र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रममा पालिका अध्यक्ष हुकुम सिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकीय अधिकृत केशब कुमार ढकाल र वडा अध्यक्ष अग्नि प्रसाद कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्दै पालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम“ सम्म ल्याउनकालागी गरेको सहयोगकालागी सबैलाई बधाई र धन्यवाद दिनुभयो।

कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको पृष्ठभूमि विवरण र स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख बिमल थापाले प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend