logo
शुक्रबार, साउन २९ २०८३

कपडा बैंक र कमल एमाले बीच सम्झौता : राजेश हमाल केर्खा आउँदै


  • कुइनेटो न्युज
  • बुधबार, असार ४ २०८२

कमल । घरमा यत्तिकै रहिरहेको, हाल प्रयोगमा नआएको लत्ता कपडा संकलन गरेर पुनः प्रशोधन गरी आवश्यक पर्नेहरुलाई निःशुल्क वितरण गरिरहेको परोपकारी संस्था क्लोथ एण्ड फुड बैंक नेपाल र नेकपा(एमाले), कमल गाउँ कमिटीबीच आपसी सम्झौता भएको छ ।

कपडा आवश्यक पर्ने लक्षित समुदाय र प्राकृतिक प्रकोपमा परेका परिवारका लागि कपडा वितरण गर्ने उद्येश्य राखी स्वर्गीय जननेता मदन भण्डारीको ७४औं जन्म जयन्तीको अवसर पारेर आगामी असार १४ गते कमल३, केर्खा बजारमा कपडा बैंकका प्रवर्तक महानायक राजेश हमाल र संविधानसभा सदस्य दीपक कार्कीको संयुक्त बाहुलीबाट उद्घाटन गर्ने कमिटीका अध्यक्ष हरि ढकालले बताउनुभयो ।

अध्यक्ष ढकालले भौतिक पूर्वाधारका क्षेत्रमा कमल गाउँपालिकामा उल्लेख्य विकास भइसकेको र अब बिपन्न परिवारको सामाजिक आर्थिक विकासमा सबै राजनीतिक दल जोडिनुपर्ने आवश्यकतालाई महसुस गर्दै नेकपा(एमाले) यो कार्यमा अघि बढेको बताउनुभएको छ ।
वहाँले शुरुवातमा कपडा संकलन बक्स केर्खा बजारमा राखिने भएता पनि केही समयपछि कमल गाउँपालिकाका सबै मुख्य चौकमा संकलन केन्द्र र भविष्यमा प्रशोधन र वितरण केन्द्र समेत कमलमै रहने गरि योजना बनाएको बताउनुभयो ।

प्रयोगमा नआएका लत्ता कपडा संकलन गरेर पुनः प्रशोधन गरि आवश्यकताका आधारमा निःशुल्क वितरण गर्ने गरि सम्झौता भएको क्लोथ एण्ड फुड बैंकका सिईओ सागर गौतमले बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend