कमल । झापाको कमल गाउँपालिका अन्तरगतका सामुदायिक विद्यालयमा सन्चालित सन्तानका लागि आमा कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
गाउँपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका आमा लाई लक्षित गरेर गत जेठ १२ गते देखी सुरु गरिएको सन्चालनका लागी आमा कार्यक्रम मंगलवार औपचारीक रुपमा सम्पन्न भएको छ ।
कमल गाउँपालिकाको आयोजना र कुइनेटो मिडिया प्रा.लि. को प्राविधिक सहयोगमा कमल १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालय बाट सुरु गरिएको कार्यक्रम गाउँपालिक भित्रका सबै सामुदायीक विध्यालयमा सन्चालन गरी कमल २ स्थित कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालयमा औपचारी रुपमा समापन गरिएको हो ।

कमल गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत करिब ८ हजार बालबालिकाका आमाहरूलाई लक्षित गरेर सञ्चालन गरिएको ंकार्यक्रमको सहजीकरण नरेन्द्र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री कार्की, महेन्द्र रत्न माध्यमिक विध्यालयका शिक्षक विष्णु प्रकास निरौला र शुभराम्भ नेपालका दमकका वरिष्ठ प्रशिक्षक खेमराज अधिकारीले सहजी करण गर्नु भएको थियो ।

पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुदै आएको छ । यसमा तपाई अभिभावकहरूको महत्वपूर्ण भूमिका छ । विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने कुरा पनि तपाईँहरूको उपस्थितले महत्व पूर्ण भूमिका राख्ने गर्दछ । तपाईंहरूका नानीहरूको भाग्य र भविष्यलाई जोडेर गाउँपालिकाले पछिल्लो समयमा सामुदायिक विद्यालमा धेरै सुधार गर्दै आएको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले बताए ।

परिवारमा आमाको महत्वपूर्ण भूमिका हुने रहेछ । हरेक बालबालकाले आमा बाट धेरै कुराहरू सिक्ने गर्दारहेछन् । बालबालिकाको भविष्य आमा सँग जोडिएको हुदो रहेछ । त्यसैले सन्तानलाई जन्म दिएर मात्र हुँदैन उनिहरूलाई असल शिक्षादीक्षा प्रदान गर्नु आमाको महत्वपूर्ण जिम्मेवारी समेत आमाको हुने रहेछ भन्ने कुराका कार्यक्रम बाट जानकारी भएको सहभागी भिमा दुलालले बताउनु भयो ।
कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर बरालको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन उमानाथ भण्डारीले गर्नु भएको थियो भने विद्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहालले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।