कमल । नेकपा एमाल कमल गाउँकमिटीले सोमवार गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
मुख्य जनसरोकारका विषयलाई समेटेर एमाले कमल गाउँकमिटी अध्यक्ष हरी ढकालको नेतृत्वमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई ,उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लाई ज्ञापन पत्र बुझाएको हो ।

भूमि समस्या तर्फ : भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको भूमि समस्या समाधानका लागि बिगत वडा कार्यालयबाट गाउँपालिकामा संकलित करिरब ३ हजार २ सय घरपरिवारको फारम बुझाएको भएपनि अहिले सम्म कुनै काम नभएकोले चाडोभन्दा चाडो सो कार्य गर्ने । त्यस्तै कमल–५ स्थित साधुहोली पर्यटकीय क्षेत्र बिस्तारको क्रममा सो जग्गा जोतभोग गरिरहेका घर परिवारसँगको पालिकाको सम्झौता बमोजिम घर निर्माणमा सहयोग गर्नुपर्नेमा रतुवामाई बृक्षारोपण आयोजनाले ती परिवारलाई दिइरहेको सास्तीलाई तत्काल रोकी सम्बन्धित परिवारलाई जोतभोगका आधारमा दर्ता गरी वहाँहरुको वसोवासलाई सुनिश्चित गराउन आवश्यक पहल गर्नु पर्ने ।

प्रशासनिक तर्फ : पालिकाको इन्धन खर्च अत्यधिक पाइएको हुँदा हाल सञ्चालनमा रहेका ३ ओटा स्कोरपिओ गाडी मध्ये सबैभन्दा पुरानो गाडी नेपाल सरकारलाई नै फिर्ता पठाई खर्च मितव्ययीता अपनाउनुपर्ने । आगलागी जस्ता आकस्मिक भवितव्यका लागि प्रयोग हुने दमकलका लागि आवश्यक दक्ष जनशक्ति राख्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

शिक्षा तर्फ : निर्देशनका आधारमा नभई ऐन, नियमका आधारमा बिद्यालयहरुलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्ने । बिद्यालयमा दिईंदै आएको दिवाखाजा पूर्ण रुपमा स्वस्थकर नभएको बुझिएको हुँदा सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई दिईंदै आएको दिवाखाजालाई पालिकाले अपनत्व ग्रहण गर्दै आगामी आ.व.को बजेट मार्फत स्वस्थकर दिवाखाजा प्रदान गरिनुपर्ने ।
स्वास्थ्य तर्फ : कमल नगर अस्पतालबाट २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध हुने व्यवस्था मिलाउनुपर्ने ।
पूर्वाधार विकास÷राजस्व तर्फ : साधुहोली पर्यटकीय क्षेत्रको सौन्दर्यकरणको लागि अघिल्लो कार्यपालिकाको पहलकदमीमा संघीय सरकार मार्फत विनियोजित रु. ५ करोड ठेक्का लागि सम्झौता भई कार्य समेत थालनी भइसकेको भएतापनि हाल सो कार्य स्थगित रहेको र निर्माण कार्य अघि बढाउन कुनै चासो नगरेको बुझिएको हुँदा सो निर्माण कार्य अविलम्ब अघि बढाउनुपर्ने । कमल गाउँपालिकामा रहेका स्थानीय हाटबजारबाट संकलित करलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने ।

कृषि तर्फ : समयमै रसायनिक मल उपलब्ध गराउनुपर्ने । किसानहरुले उत्पादन गरेका कृषि उपजको पालिका मार्फत बजारीकरणका लागि आवश्यक पहल गर्नुपर्ने । सरकारले तोकेको धानको न्यूनतम् मूल्यमा कमलका किसानहरुको धान खरिद हुने व्यवस्था मिलाउनुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उललेख गरिएको सचिव विरेन्द्र अधिकारीले बताउनु भयो ।

कार्यक्रमा नेकपाएमाले प्रदेश कमिटी केन्द्रिदस्य बेनु प्रसाद सिवाकोटी, जिल्ला कमिटी सदस्य नारायण गौतम चक्र बहादुर गुरुङ ,सिता निरौला लगाउतको नेताहरको उपस्थिती थियो ।
ज्ञापन पत्रमा उल्लेख भएका बुझाहरुमा पालिकाको तर्फ गर्न सकिने बुझाहरु पालिका आफैले गर्ने र पालिका बाट पुरा गर्न नसकिने बुदाहरु सघ र प्रदेश सरकारको सहकार्यमा पुरा गरिने गाउँपालिका अध्यक्ष हुकुमसिंह रर्ईले प्रतिवद्धता जनाउनु भयो ।