logo
शुक्रबार, साउन २९ २०८३

पाराबारीमा जारी चौथो पाराबारी अन्तरपालिका भलिबल प्रतियोगिताको आय- ब्यय सार्बजनिक


  • कुइनेटो न्युज
  • सोमबार, जेष्ठ २६ २०८२

पाराबारी । झापाको पाराबारीमा जारी चौथो पाराबारी अन्तरपालिका भलिबल प्रतियोगिताको आय- ब्यय सार्बजनिक गरिएको छ ।

गत जेठ् २१ देखि २३ गते सम्म संचालन भएको भलिबल प्रतियोगिताको आज पाराबारीमा पत्रकार सम्मेलन गरि हिसाब सार्बजनिक गरिएको हो ।

पाराबारी बजार ब्यबस्थापन समिति र ३ न. वडा खेलकुद बिकास समितिको संयुक्त आयोजनामा प्रतियोगिता संचालन भएको थियो । पत्रकार सम्मेलनमा प्रतियोगिताको खेल सम्योजक लासङ दोर्जे तामाङले २ लाख ७४ हजार ६सय ६५ रुपैया बराबरको आय- ब्यय प्रस्तुत गरे ।

हिसाब सार्बजनिक गर्दै खेल संयोजक तामाङले दाता हरुबाट १ लाख ३८ हजार ५ सय ७५ रुपैया संकलन भएको र बाँकी नगरपालिका कार्यलयबाट १ लाख ,३ न. वडा कार्यलयबाट ६४ हजार कर सहित रकम प्राप्त भएको जानकारी गराए ।

यस प्रतियोगितामा आय र ब्यय बराबार भएकोले बचत भने गर्न नसकिएको बताइएको छ ।
झापाको १० टिम र मोरङको २ टिम गरि १२ पालिकाहरुका टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले ३० हजार सहित मेडल ट्रफी र प्रमाणपत्र हात पारेका थिए ।

प्रतियोगिताको उपाधी कन्काई नगरपालिकाले जित्यो भने शिवसताक्षी उपबिझेतामा सिमित रहयो ।
स्वस्थ्यको लागि खेलकुद राष्ट्रियको लागि खेलकुद भन्ने मुल नारा सहित संचालन भएको यस प्रतियोगिताले पाराबारीको पहिचानलाई भलिबल संग जोड्ने काम समेत गर्ने गरेको आयोजक समितिका अध्यक्ष मेगराज ओझाले बताए ।

अध्यक्ष ओझाले भने समयको प्रतिकुल मौसम र आर्थिक चपेटाको बाब्जुत पनि खेल अत्यन्त सब्य र भब्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गरे ।

खेलको उद्घाटन र समापन शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्राले गरेका थिए भने प्रतियोगिता भरिकै खेलको प्रत्यक्ष प्रसारण खेलकुद टाइम्सले गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend