चुलाचुली÷इलाम को चुलाचुली गाउपालिका मा रहेको श्री चुलाचुली साना किसान कृषी सहकारी सस्था ले आफ्नो कार्यक्षेत्र भित्र रहेका बिभिन्न बिद्यालय का २ सय ३१ जना छात्राछात्र हरु लाई ब्याग तथा शैक्षिक सामाग्री बितरण गरेको छ ।
सहकारीले गाउपालिका वडा नम्बर १ हात्तिलेदामा रहेको श्री शिवज्योती आधारभुत बिद्यालय ,२ स्थित श्री पन्चकन्या आधारभुत बिद्यालयमा अध्यायनरत विद्यार्थीलाई ब्याग तथा शैक्षिक सामाग्री बितरण गरेको हो ।
त्यस्तै वडा नम्बर ५ स्थित भानु माध्यमिक बिद्यालयमा शैक्षिक सामाग्री बितरणका साथै लागु पदार्थ दुव्र्यासनी बिरुद्ध सचेतना कार्यक्रम समेत सन्चाल गरेको थियो ।
बिद्यलयमा अध्ययनरत कक्षा ८ ,९ १० का विद्यार्थी लाई लक्षित गर्दै लागु पदार्थ दुब्र्यसन सचेतना सम्बन्धि जिध्यार्थीलाई प्रशिक्षण दिएको थियो । पेल्टिमारी प्रहरी चौकी मार्फत सन्चालन गरेको उक्त प्रशिक्षण मा लागु पदार्थ के हो र यसको प्रयोगले व्यक्तिगत सामाजिक तथा मानसिक रुप मा पार्ने असरर सो संग सम्बन्धीत कानुनी ब्यवस्थाका बारेमा समेत विध्यार्थीलाई जानकारी गराईएको थियो ।

सहकारीले सामाजिक बिकास तथा उत्तर दायित्य्वा अन्तरगत विध्यार्थीलाई सामाग्री वितरण गरेको सहकारीका अध्यक्ष हेमकला बस्नेतले बताउनु भयो ।
चुलाचुली साना किसान कृषी सहकासी सस्था ले वार्षिक ६० हजार रुपैया स्थानिय बालबालिका हरुको शैक्षिक गुणस्तर सुधार का लागी खर्च गर्ने गरेको छ । हालसम्म सस्था मा १हजार ५ सय ६ जना शेयर सदस्य रहेका छन भनें २ करोड ६० लाख शेयर बचत रहेको सस्था सस्थाले जनाएको छ ।
सहकारीले स्थानिय स्तर मा आवस्यक पर्ने बिभिन्न तरकारी तथा फलफुल का बेर्ना उत्पादन गर्नु का साथै किशान लाई आवस्यक रसायनिक मलको समेत आपुर्ती गर्दै आएको छ ।
बिद्यालय ब्यवस्थापन समिती का अध्य्क्ष बुद्धी सम्वाहाम्फे को अध्यक्षता मा तथा वडा नम्बर ५ क वडाध्यक्ष बबिन राइ को प्रमुख आतिथ्यथामा कार्यक्रम भएको थियो