कमल । आज विहान करेन्ट लागेर जंगली हात्तीको मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिका ५ अन्तरगत रतुवामाई वृक्षारोपण आयोजना भित्र करेन्ट लागेर हात्तिको मृत्यु भएको हो ।
आज विहान अन्दाजी साडे ५ बजे तिर विद्युतको फलामे पोल बाट करेन्ट लिक भएर हात्तीको मृत्यु भएको जिल्ला वन कार्यालयका कर्मचारीले जनाएका छन् ।
करेन्टका कारण मृतक हात्तीको एउटा दारा र पुरै सुड जलेर खरानी भएको छ ।

पशुचित्सिक द्वारा मृतक हात्तीको पोष्ट मार्टम पछि आवश्यक प्रकृया पुरा गरेको सद्गती गरिने वनका कर्मचारीले जनाएका छन् ।