logo
मंगलबार, कार्तिक ११ २०८३

कमलमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागी सरोकारवाला संग अन्तरकृया


  • कुइनेटो न्युज
  • मंगलबार, जेष्ठ २० २०८२

कमल । झापाको कमल गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८२÷०८३ कालागी बजेट,नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयमा सरोकार वाला संग छलफल तथा अन्तिरकृया कार्यक्रम धमाधम भै रहेको छ ।

यसै विषयमा कमल गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक केदार कटुवालको अध्यक्षतामा सोमवार सरोकारवाला संग छलफल तथा अन्तरकृया भएको छ ।

सोमवार भएको छलफल तथा अन्तरकृया कार्यक्रममा कमल गाउँपालिका भित्र संचालनमा रहेका कृषक समुह, मुल समिती ,व्यवासयीक कृषक,फर्म सञ्चालक लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित कृषकका प्रतिनिधीले चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका कृषक राम्रा कार्यक्रमलाई यथावत राख्नुपर्ने र अनावश्यक कार्यक्रम हटाउनु पर्ने सुझाव दिनुभएको आर्थिक विकास समितिका संयोजक कटुवालले जानकारी दिनुभयो ।


कृषी तथा पशुपालका क्षेत्रमा अहिले सम्म सञ्चालनमा कतिपय योजना कृषक मुखी नभएकोले त्यस्ता कार्यक्रम नीती तथा कार्यक्रम बाट हटाईनु पर्ने र युवा लक्षित तथा उत्पादन मुलक कार्यक्रमलाई समेट्नु पर्ने सहभागी कृषकले सुभाव दिनुभएको थियो ।

 

कार्यक्रममा कृषी विकास शाखाका प्रमुख महेन्द्र बोहोरा र पशुसेवा शाखा दिपेन्द्र लामिछानेले कृषक सुभाव संकला गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend