पाराबारी । झापाको शिवसताक्षी नगरपालिका ३ मा शारीरिक अपांग भएका नागरिकहरुलाई पौस्टिक आहार बितरण गरिएको छ ।
नगरको वडा नं.३ का ३४ जना अपांग नगरिकहरूलाई पौष्टिक आहार बितरण गरिएको हो ।
पौष्टिक आहार बितरण गर्दै वडा न. ३ का वडाध्यक्षा भष्कर न्यौपानेले अशक्त नागरिकहरूको स्वास्थ्य लाई तन्दुरुस्त गराउनको लागि पौस्टिक आहार आवश्यकता हुने बताएका छन् । वडा कार्यलयमा भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष न्यौपानेले उक्त पौष्टिक आहारलाई मिलाएर खान सबैलाई आग्रह गरेका हुन । उनले भने थोरै बजेटबाट अपाङ्ग नागरिकहरुलाई साहयक सामग्री दिन सबैलाई नपुग्ने र प्रभाबकारी समेत नहुने भएकोले पौष्टिक आहार बितरण गरिएको अध्यक्ष न्यौपानेको भनाई छ ।

पौष्टिक आहर प्राप्त गर्दै लाभग्राहीहरु इन्दिरा कटुवाल र नगेन्द्र सुजीले वडाको प्रशंसा गर्दै यस्तो कार्यक्रमको निरन्तरता दिन आग्रह गरे ।
हाल वडामा सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राही संख्या ३४ जना भएको र अपाङ्गता संख्या भने ५० जनाको हाराहारीमा रहेको वडा कार्यलयले जनाएको छ ।
वाडाको सिलिङ बजेट बाट बिनियोजित ५० हजार आर्थिक सहयोगमा हर्लिक्स, जुस, सर्बोतम पिठो ,बिस्कुट लगायतका पौस्टिक आहार बितरण गरिएको वडा सचिब बिनिषा बास्कोटाले जानकारी दिइन ।
कार्यक्रममा वडा सदस्यहरु तिर्था दर्जी,लासाङ दोर्जे तामङ,शंकर राईले शुभकामना मन्तब्य बोलेका थिए । वडाध्यक्ष भाष्कर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तब्य वडा सदस्य मुनाकुमारी तामाङले गरेको कार्यक्रमको संचालन वडा सचिब बिनिसा बास्कोटाले गरेको थिइन ।