logo
मंगलबार, कार्तिक ११ २०८३

बालसेवा आधारभूत विद्यालयलाई आर्थिक सहयोग प्राप्त


  • कुइनेटो न्युज
  • शनिबार, जेष्ठ १० २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी ७ फाक्तेप स्थित बालसेवा आधारभूत विद्यालयका छात्र बिध्यार्थीहरुको कपाल काट्ने र दाताहरुबाट आर्थिक सहयोग हस्तान्तरण भएको छ ।

शैक्षिकसत्र ०८१को पुरस्कर बितरण समारोहको अवसरमा सिवसताक्षी ८ झिलझिले स्थित समाजसेवी क्लबबाट बिध्यलयको नृत्य पोशाक र यातायात खरिद अभियानको लागि रु ३० हजार बिध्यालयलाई हस्तान्तरण गरिएको छ । उक्त रकम क्लबका संस्थापक अध्यक्ष राजु त्रीखत्री र अध्यक्ष नबिन सुब्बाले संयुक्त हस्तान्तरण गरे ।

उनिहरुले गएको दशै तिहारको आवसरमा आयोजना गरिएको रमाइलो मिनिमेला बाट संकलित रकमको केहि हिस्सा सामजिक उत्तर दायित्व बहन गर्दै यस बिध्यालयलाई सहयोग गरेको क्लबका संस्थापक अध्यक्ष त्रीखत्रीले जानकरी दिए ।

सोहि अवसरमा पहिलो पाइला नेपाल दमक शाखाबाट शैक्षिक सामग्री प्रदान गर्नुको साथै विद्यालयका८० जना छात्र हरूको निशुल्क कपाल कटाइएको छ ।

बिपन्न परिवारका बालबालिकाहरु अध्यापन गर्ने यस्ता सामुदायिक बिध्यलयमा कपाल कटाउने कार्यक्रमले बिध्यार्थीहरुलाई ठुलो टेवा पुगेको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनको भनाई छ ।

बिध्यालयमा आएर कुनै संस्थाले बिध्यार्थीहरुको कपाल काटेको शिवसताक्षीमा पहिलो र नौलो भएको बताइएको छ । बिभिन्न सामजिक कार्यमा सकृय रहेको यस पहिलो पाइला संस्थाले झापाका बिभिन्न पालिकाहरुको बिध्यलयमा सामाजिक गतिबिधिहरु संचालन गर्दै आएको संस्थाका दमक शाखा अध्यक्ष राजु निरौलाले बताए ।

त्यसै गरिशिवसताक्षी ८ डुडामरी हाल हङकङ निवासी समाजसेवी चापेता सेर्मामाट पनि शैक्षिक सत्र २०८१ मा स्थानीय विषय लिम्बू भाषाका कक्षा १ र २ का उत्कृष्ट अङ्क प्राप्त गर्ने छात्र छात्राहरूलाई नगद रु १५ हजार प्रदान गरे । लिम्बु भाषा पढ्ने बिध्यार्थी हौसला प्रदान गर्न र उक्त बिषय पढ्न अभिप्रेरित गर्नको लागि उक्त पुरस्कार राशि प्रदान गरेको चापेता शेर्माको भनाइ छ ।

 

यस बिषयको रकम अगामी २ बर्ष सम्म निरन्तरता दिने समेत बताए । । उक्त रकम बाट कक्षा १/२ का उत्कृष्ट ३/३ जनालाई २ हजार ,२ हजार ५ सय र ३ हजारको दरले बितरण गरिएको हो । उक्त रकम चापेता शेर्माको भाई सबिन शेर्मा द्वारा हस्तान्तरण गरिएको थियो ।

चापेता सेर्माले यस अघि पनि डुडामारी स्थित भगवती आधारभुत बिध्यलयका बिध्यार्थीहरुलाई शोहि प्रकृतिका पुरस्कार बितरण गरेका थिए । साथै सेर्माले यस बिध्यालयमा पनि बिभिन्न शिर्षकमा सहयोग गर्दै आएकोबिध्यलयले जनाएको छ ।

त्यस्तै आजै शैक्षिक सत्र २०८१ मा कक्षागत रूपमा उत्कृष्ट अङ्क जिपिए प्राप्त गर्ने छात्र छात्राहरुलाई कक्षा नर्सरी देखि कक्षा ८ सम्म का विद्यार्थीहरुलाई मेडल र स्टेशरीका सामाग्रीबाट पुरस्कृत गरिएको थियो । पुरस्कार सामाग्रीहरु कार्यक्रमका प्रमुख अतिथि तथा वडा न. ७ का वडा अध्यक्ष भवानी विक्रम चेमजोङले प्रदान गरे ।

बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तब्य बिद्यालयका प्र अ बेनु कार्कीले बोलेका थिए भने संचालन शिक्षक सन्तोष खत्रीले गरेका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend