logo
शुक्रबार, साउन २९ २०८३

नेपालका कम्युनिष्ट शक्ति एक ठाउँमा आउने सैद्धान्तिक सम्भावना : महासचिव भुसाल


  • कुइनेटो न्युज
  • शुक्रबार, जेष्ठ ९ २०८२

झापा । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालका कम्युनिष्ट शक्ति एक ठाउँमा आउने सैद्धान्तिक सम्भावना रहेको बताउनु भएको छ ।

वैशाख २८ गते निर्वाचित पार्टी जिल्ला कमिटी झापाको बैठकलाई बिहीबार सम्बोधन गर्दै उहाँले कम्युनिष्ट पार्टी एक ठाउँमा आए बहुमत ल्याउन सक्ने उल्लेख गर्नुभयो ।

‘कम्युनिष्ट पार्टी एक ठाउँमा काल्पनिक, सैद्धान्तिक सम्भावना हो, वामपन्थी शक्ति एक भए आगामी चुनावमा बहुमत ल्याउन सक्छन्’ उहाँले भन्नुभयो,’ बहुमत ल्याएपनि धेरै राम्रो काम गर्न चाहिँ सक्दैनन् ।’

सत्तारूढ दल र त्यसको नेतृत्वले देशलाई डरलाग्दो अस्थिरता धकेलेको जिकिर गर्नुभएको भुसालले ती पार्टीको दोस्रो पुस्ता पनि स्वार्थमा बिकेको आरोप लगाउनुभयो।

महासचिव भुसालले जुनसुकै मूल्य चुकाएर पनि एमाले सत्तामा जाने बताउनुभयो । ‘कांग्रेसको प्रजातन्त्र, लोकतन्त्र भनेकै सत्ता हो’ उहाँले भन्नुभयो,’एमालेमा स्वाभिमान नै बाँकी छैन, यो पार्टी गल्दैगल्दै गएको छ, भित्रभित्रै कमजोर भएको छ ।’ एमाले आन्तिरिक रुपमा विस्फोट हुन नसक्ने तर त्यहाँ निराशा बाहेक केही बाँकी नरहेको उहाँको टिप्पणी छ ।

प्रधानमन्त्री केपी ओलीप्रति निक्कै असन्तुष्ट देखिनु भएको नेता भुसालले आफूले केपी ओलीलाई अरुले भन्दा निक्कै राम्ररी चिनेको उल्लेख गर्नुभयो । ‘उहाँसँग राम्रो कुरा केही छैन, उहाँले केही बाँकी पनि राख्नु हुन्नू’भुसालले भन्नुभयो,’सबैले ढुक्क हुँदा हुन्छ, ओलीले राम्रो गर्छु भन्नुभयो भने बुझ्नुस्, तपाईं ठगिनु भयो ।’

नेता भुसालले प्रधानमन्त्री ओलीलाई दुष्ट मानसिकता भएको मानिसको संज्ञा दिनुभयो । ओलीसँग भेट हुने मान्छे सबै ठगिएको उहाँको तर्क छ ।

सत्तामा रहेका दलले जे पनि गर्न सक्ने उल्लेख गर्दै उहाँले आउने चुनावको परिणाम योभन्दा डरलाग्दो हुने टिप्पणी गर्नुभयो । यही तालले ८४ मा कसैको बहुमत नआउने उहाँले दाबी गर्नुभयो ।

भुसालले १० बुँदे पक्षधरहरु एमालेमा थप जोखिम बोलेर नबस्ने जिकिर गर्नुभयो । सरकार यही गतिले अघि बढे खतरा सामना गर्न कांग्रेस – एमाले असक्षम हुने उहाँको टिप्पणी छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend