कमल÷कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको सक्रियतामा उज्यालो कमल बन्दै छ ।
गाउँपालिका भित्र रहेका विभिन्न स्थानका अँध्यारा चोकहरूमा सडक बत्ती जडान गरेपछी सिंगो पालिका उज्यालो मय हुदै गएको हो ।
गाउँपालिका भित्र रहेका बजार, चोक, एकान्त ठाउँ ,अँध्यारो झाडी भएको स्थान, पुल, कल्भर्ट लगायत अत्यावश्यक स्थानमा बत्ती जडान गरिएको छ । बत्ती जडान गरिए पछि रातको समयमा हुने विभिन्न किसिमका चोरी, लागू औषध जन्य बस्तुको कारोबारै अपराधीको घटनाहरू न्यूनीकरण गर्नमा सहयोग पुग्ने छ ।

त्यस्तै बाँकी रहेका स्थानमा क्रमश यसै आर्थिक वर्षको अन्त्य सम्ममा बत्ती जडान गरिने गाउँपालिका अध्यक्ष राईले बताउनु भयो ।

हाल सम्म बत्ती जडान गरिएका स्थानहरू
कमल ७ स्थित गेउरिया बजार देखि दक्षिण पुल सम्म तिन मुखे १ थान, दुई मुखे ३ थान , कमल ५ र ६ स्थित काँटा चोकमा तिन मुखे १ थान, सिमाना त्रिवेणी चोकमा तिन मुखे १ थान, शीतल डाँडामा तिन मुखे १ थान र मिल डाँडामा तिन मुखे १ थान, कमल ४ र ६ स्थित जीवन चोकमा तिन मुखे १ थान, कमल ५ स्थित धन प्रसाद मार्गमा पर्ने गेउरिया पुलमा दुई मुखे १ थान, कमल ५ स्थित मङ्गलबारे पूर्व गेउरिया पुलमा दुई मुखे १ थान, पाडांजुङ्गी उत्तर दुर्गा मन्दिर अगाडि तिन मुखे १ , कमल ३ स्थित केर्खा बजार पार्कमा तिन मुखे १ थान,कमल ३ स्थित केर्खा हटिया बजारको मुखमा तिन मुखे १ थान कमल ५ स्थित साबित्रा चोकमा तिन मुखे १ थान र कमल ३ स्थित केरा धापमा दुई मुखे १ थान, ५र ६ स्थित बर पिपल चोकमा तिन मुखे १ थान, र कमल ४ स्थित पुल चोकमा तिन मुखे १ थान ।