शिवसताक्षी । झापाको शिवसताक्षी ५ न. वडा कार्यलयले वडाका ३ वटा कृतन मण्डलीहरुलाई बाद्यबादन हस्तान्तरण गरेको छ ।
आइतबार वडा कार्यलय जनता बजारमा एक कार्यक्रमको आयोजना गरी उक्त बाद्य बादन बितरण गरिएको हो ।
कृतन मण्डलीहरुलाई चार्जेवल साउन्ड बक्स, क्यासियो र माइक सेट रहेका छ्न ।
उक्त बाद्यबादन प्राप्त गर्ने कृतन मण्डलीहरुमा श्री नवदुर्गा कृतन मण्डलीलाई चार्जेवल साउण्ड बक्स ,श्री बृन्दगसनी कृतन मण्डलीलाई क्यासियो र श्री भेलामुनी कालीडुब्बा कृतन मण्डलीलाई माइक सेट प्रदान गरिएको वडाध्यक्ष सिकिन पास्वानले जानकारी दिनुभयाे । उनका अनुसार ०८१/०८२ को सिलिङ बजेट बाट बिनियोजित १ लाख रुपैयाको लागतमा खरिद गरि उक्त कृतन मण्डलीहरुलाई प्रदान गरिएको बताउनु भयाे ।
बाद्यबादन बितरण कार्यक्रममा वडा सदस्य्हरु लगायत लाभ ग्राही कृतन मण्डलीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

वडाले वडा बासीहरुको जिबिको पार्जन लक्षित बिभिन्न सिप मुलक तालिम प्रदान गर्नुका साथै वडाबासीहरु प्रत्यक्ष लावन्धित हुने कार्यक्रमहरु समेत गर्दै आएको वडा सचिब सुलभ दाहालले बताउनु भयाे ।