logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा उद्यमशीलता विकास तालिम सुरु


  • कुइनेटो न्युज
  • सोमबार, बैशाख २९ २०८२

कमल । झापाको कमल गाउँपालिकामा आज बाट उद्यमशीलता विकास तालिम सुरु भएको छ ।

कमल गाउँपालिकाका रोजगार सेवा केन्द्रको आयोजनामा सात दिने स्वरोजगार प्रबद्र्धन एवम् उद्यमशीलता विकास कार्यक्रम अन्तरगत उद्यमशीलता विकास तालिम सुरु भएको हो ।

तालिममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको लागी पुन : एककीरण कार्यक्रम रेमी अन्तरगत सञ्चालित तालिमको पहिलो चरणमा गाउँपालिकाको १,२,३ र ४ नम्बर वडाका २० जना युवाहरू सहभागी रहनुभएको छ ।

तालिममा सहभागी युवा लाई आफूभित्र रहेको क्षमतालाई प्रयोग गरी स्वदेशमै स्थानीय स्तरमा पाइने कच्चा पदार्थ प्रयोगरी कसरी उत्पादन गर्ने, व्यवसायीका योजना निर्माण कसरी गर्ने, पारिवारीका बजेट निर्माण, व्यवसाय सुरु गर्नु भन्दा अगाडि ध्यान दिनुपर्ने कुरा हरु,व्यवसाय सूरु गर्दा आई पर्ने समस्याको समाधान गर्ने उपाय, लगायतका विषयमा सहभागीलाई प्रशिक्षण गराइने वरिष्ठ सहजकर्ता दिवेश कुमार चौधरीले बताउनुभयो ।


वैदेशिक रोजगार बाट फर्किएका युवाहरूले विदेशमा सिकेको सीप र प्रविधिलाई आफ्नै ठाउँमा प्रयोग गरि कसरी उत्पादन गर्ने र आफू स्वरोजगार हुने भन्ने विषयमा नयाँ कुरा सिकेर केहि गर्न सकिन्छ की भन्ने उद्देश्यले तालिमा सहभागी भएको कमल १ का रमेश अधिकारी बताउनुहुन्छ ।

पहिलो चरणको तालिम सम्पन्न हुना साथ गाउँपालिकाको वडा नम्बर ५,६,र ७ नम्बर वडा बाट थप २० जना वैदेशिक रोजगारीबाट फर्किएका युवा हरुका लागी तालिम सञ्चालन गरिने कमल गाउँपालिकामा सञ्चालित रेमी परियोजनाकी पारिवारीका परामर्शकर्ता गंगा पराजुलीले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend