logo
शुक्रबार, साउन २९ २०८३

कोशी प्रदेश सभाको वर्खे (सातौँ) अधिवेशन जेठ ४ गते


  • कुइनेटो न्युज
  • बुधबार, बैशाख २४ २०८२

विराटनगर।कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको सभाको वर्खे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्ने गरी आव्हान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बैठक आह्वानको लागि सिफारिस गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिनुभयो।

यस्तै बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिश गर्ने निर्णय पनि गरिएको छ।
यसैगरी कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका –२०८२ स्विकृत गर्ने निर्णय गरेको छ।

साथै बैठकले वैशाख १८ र १९ गते सम्पन्न प्रदेश लगानी सम्मेलन भव्यतापूर्वक सफल बनाउने कार्यका योगदान दिने सम्पूर्णलाई हार्दिक धन्यवाद दिने प्रस्ताव बैठकले पास गरेको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend