कमल । झापाको कमल गाउँपालिकामा राजस्व अनुगमन तथा राजस्व संकलन घुम्ती शिविर सुरु भएको छ ।
मंगलबार बाट सुरु गरिएको राजस्व अनुगमन तथा राजस्व संकलन घुम्ती शिविरको पहिलो दिन कमल ३ स्थित केर्खा बजार बाट सुरुगरिएको छ ।
घुम्ती शिविर कार्यक्रममा राजस्व परामर्श समितिका संयोजक एवम गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको संयोजकत्ववमा ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईराला, कमल उद्योग वाणिज्य संघका उपाध्यक्ष भुवन चौलागाई, सुररक्षा कर्मी, केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद दाहाल, टोल विकास संस्थाका प्रतिनिधी लगायतको टोलिलेले केर्खा बजारमा सन्चालनमा रहेका व्यवसायीको निरीक्षण तथा अनुगमन गरेको थियो ।
टोलिले अनुगमनका क्रममा ६५ वटा माछामासु पसल, माछा पोखरी, औषधी पसल, सहकारी तथा अन्य पसलका संचालक÷व्यवस्थापकहरूलाई आफ्नो व्यवसाय वडा कार्यालयमा दर्ता तथा नवीकरण गर्न पत्राचार गरिएको छ ।
अनुगमनको सुरुमा ३ नम्वर वडा अध्यक्ष एवं अनल स्टोरका संचालक अग्नि प्रसाद कोइराला र कमल उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं पी एण्ड सी कोल्ड सेन्टरका संचालक भुवन चम्लागाईले आफुले बुझाउनु पर्ने राजस्व वडा कार्यालयमा बुझाएर राजस्व संकलन कार्यमा सहयोग गर्नुभयो ।