logo
शुक्रबार, साउन २९ २०८३

कमल २ द्वारा वडा भित्रका सामुदायिक विद्यालयलाई आन्तरिक संचार सेट प्रदान


  • कुइनेटो न्युज
  • आइतबार, बैशाख २१ २०८२

कमल । झापाको कमल गाउँपालका २ नम्वर वडा कार्यालयले वडा भित्र सञ्चालनमा रहेका सामुदायीक विद्यालयलाई आन्तरिक संचार सेट (Walkie Talkie) प्रदान गरेको छ ।

२ नम्वर वडा भित्र सञ्चालनमा रहेका कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालय ५ सेट, महेन्द्र रत्न माध्यमिक विध्यालयलाई ४ सेट र ज्योति माध्यमिक विध्यालयलाई ४ सेट आन्तरिक संचार साधन (धबपिष्भ त्बपिष्भ) प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष अशोक सुब्बाले आफ्नै कार्यकक्षमा ३ वटै विध्यालका प्रधानाध्यापकलाई भेटी आन्तरिक संचार सेट प्रदान गर्नु भएको हो ।

यस किसिमको आन्तरिक संचार सेटले विध्यालयको आन्तरिक प्रसाशनलार्य चुस्त दुरुस्त बनाउन ठुलो सहयोग पुग्ने कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहालले बताउनु भयो ।

विद्यालयले पाप्त गरेको संचार सेट आफुसहित सहायक प्रधानाध्ध्यापक, ईन्चार्ज,डिआई संग रहने छ । जसले विध्यालमा नियमित संचालहुने प्रशासनको कामदेखी कक्षा कोठामा भै रहेको गतिविधीको जानकारी लिन सहयोग पुग्नुका साथै टेलिफोन अवरोध भएका समयमा समेत सुचना आदान प्रदान गर्नमा सहजहुने हुने प्रधानाध्यापक दाहालल बताउनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend