logo
शुक्रबार, साउन २९ २०८३

कमलमा आमाहरुकालागी लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख २० २०८२

कमल । झापाको कमल गाउँपालिकामा आमाहरुकालागी लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सुरु भएको छ ।

कमल गाउँपालिका ३ नम्वर वडा कार्यालयको आर्थिक सहयोग र नवजागरण महिला समाज कमलको आयोजनामा कमल ३ स्थित संस्थाको सभाहलमा आज बाट सूरु भएको सचेतना कार्यक्रमको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गर्नु भएको थियो ।


पछिल्लो समय लागु औषधको प्रगोगकर्ता निकै बढी रहेको छ । यसले समाजमा ठुलो विकृती निम्त्याउदै छ तप पनि यसलाई निर्मुल पार्न निकै चुनौती छ । यसलाई निर्मुल पार्न त सकिदैन तर सबैको साथ र सहयोग भएमा अवश्यपनि लागुऔषधको प्रयोगलाई न्युनिकरण गर्न सकिने कमल गाउँपालिकाका अध्यक्ष राईले बताउनु भयो ।

लागुऔषधको प्रयोग गर्नेको संख्या हरेक दिन बढी रहेकोछ । आज घर देखी विद्यालय सम्म लागुऔषधको प्रयोग गर्ने युवाहरु भेटिन थालेका छन् । समाजका निम्ति यो निकै चुनौती बनेको छ ।

यसलाई न्युनिकरण गर्न हरेक आमाहरुको भुमिका महत्वपुर्ण हुने भएकोले तपाइ आर्माहरुलाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरिएको हो । तालिममा सक्रिय रुपमा सहभागी भएर भोलिका दिनमा समाज बाट लागु औषध न्युनिकरण गर्न तपाइहरुको भुमिका महत्वपुर्ण हुने कमल ३ का वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले बताउनु भयो ।

कार्यक्रममा समावेशी महिला शसक्तिकरण केन्द्रकी अध्यक्ष पुणमिा देवान, प्रहरी चौकी केर्खाका प्रहरी सहायक निरिक्षक असही हिरा बहादुर श्रेष्ठ शान्ति संगम टोल विकास सस्थाका अध्यक्ष ज्ञानसिंह राई लगाएतको उपस्थिती रहेको थियो


५ दिन सम्म सञ्चालनहुने सचेतना कार्यक्रममा ३ नम्वर वडा का २५ जना आमाहरु सहभागी हुनुहुन्छ । सचेतना कार्यक्रममा सहभागी आमाहरलाई मनोसामाजिक परामर्शकर्ता गोविन्दराज कट्टेलले सहजी करण गर्नुहुनेछ ।

नवजागरण महिला समाजकी अध्यक्ष बिष्णुमाया बेघाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव रिता खतिवडाले गर्नु भएको थियो भने सह सचिव सिता खड्काले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend