कमल । वैदिक सनातन धर्म संरक्षण समिति कमल गाउँ समितिले आज एक कार्यक्रका बिच विध्यालयलाई सरसफाइ सामाग्री प्रदान गरेको छ ।
कमल गाउँपालिका २ स्थित श्री कमला मदन आश्रीत स्मृति माध्यमिक विद्यालयलाई आवश्यक पर्ने सरसफाइको सामाग्री कुचो,झाडु, डस्ट्बिन तथा फोहोर उठाउने सामग्रीहरु वितरण गरेको हो ।
यो कार्यक्रम विशुद्ध सामाजिक कार्य हो । गुरुहरु लिन मात्र जन्दाछन् दिन जान्दैनन् भन्नेहरुका लागी उदारणीय कार्यभएको आयोजक समितिका सदस्य नेत्रप्रसाद तिम्सिनाले बताउनुभयो ।
विद्यालयको सभाहलमा संक्षिप्त कार्यक्रम आयोजनागरी सरसफाईका सामग्री वितरण गरेको वैदिक सनातन धर्म संरक्षण समिति कमल गाउँ समितिका अध्यक्ष गङ्गाराम रिमालले बताउनु भयो ।
विद्यालयलाई अति आवश्यक सामाग्री प्राप्तभएको छ । यसले विद्यालयको सरसफाईमा ठुलो मद्दत पुग्ने भन्दै विध्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहालले धन्यवाद दिनुभयो ।
कार्यक्रममा वैदिक सनातन धर्म संरक्षण समिति कमल गाउँ समितिका तर्फ बाट दुर्गाप्रसाद खतिवडा तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष होम बहादुर बराल ,सदस्य मेखलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण समितिको सचिब लक्ष्मी प्रसाद भण्डारीले गर्नुभएको थियो ।