चुलाचुली÷इलामको चुलाचुली गाउपालिका मा दुइ दिने ”चुलाचुली साहित्य महोत्सव“ विहिवार देखी सुरु भएको छ ।
चुलाचुली भाषा,साहित्य,कला,सस्कृती,पर्यटन समान्वय समितीको आयोजनामा चुलाचुली ५ चपेटी स्थित भन्ज्याङ एग्रो टुरिजम रिसोर्ट मा महोत्सवको आयोजना गरेको हो ।
साहित्य उत्सबमा स्थानिय चुलाचुली का १५ जना सहित कोशी प्रदेश का ७० जना भन्दा बढी कवी गजलकार हरुको सहभागिता रहेको थियो ।
साहित्य महोत्सव समन्वय समितीका अध्यक्ष बलिभद्र कोइरालाको सभाध्यक्षमा तथा चुलाचुली गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष बबिन राइको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा चुलाचुली गाउपालिका ६ वटै वडाका वडा अध्यक्ष सहित जनप्रतिनिधी ,स्थानियवासी, साहित्यप्रेमी हरुको उपस्थिती रहेको थियो ।
स्थानिय कला सस्कृती मौलिक परम्परा लाई साहित्यकार हरु द्वारा प्रवद्धन गर्ने उद्धेश्यका साथ सन्चालित सो दुइ दिने साहित्य उत्सब कार्यक्रममा नौमती बाजा तथा राइ समुदायको साकेला नृत्य समेत प्रस्तुत गरिएको थियो थियो ।
चुलाचुली भाषा साहित्य कला सस्कृती पर्यटन प्रवद्धन समन्वय समितीका उपाध्यक्ष सुन्दर कुरुप ले स्वागत मन्तब्य राख्नु भएको थियो भने जनप्रतीनिधी हरुको तर्फ बाट वडा नम्बर १ का वडा ध्यक्ष ध्रुव लावतीले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा साहित्यिक क्षेत्रमा अतुलनिय योगदान पुर्याएबापत लेखक तथा कवी अभागी थेगुवा लाई सम्मान गर्दै सुरु गरिएको थियो भने कार्यक्रमको दोश्रो खण्डमा श्रष्टा र सृजना शीर्षक मा कवीहरुले रचना वाचन गर्नु भएको थियो ।
पछिल्लो समय भौतिक संगै बौद्धिक बिकास मा समेत स्थानिय सरकारहरु लाग्न थालेको जसले गर्दा स्थानिय स्तरमा मानव बिकास सृजनसिलता समाज रुपान्तरण जस्ता दिर्घकालिन सामाजिक बिकास का आधारशिला हरु निर्माण हुँदै गइ रहेका छन सोही क्रममा इलामको चुलाचुली गाउपालिका ले समेत समन्वय समिती मार्फत यो दुइ दिने साहित्यिक महोत्सवले निक्कै चर्चा र ख्याती कमाउने समन्वय समितीका सचिब रुद्र प्रभात बताउनुभयो ।