logo
शुक्रबार, साउन २९ २०८३

श्रमिककाे अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध छ : मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • बिहिबार, बैशाख १८ २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले श्रमिकको अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध रहेको बताउनु भएको छ ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस ९मे दिवस० २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले मे दिवसलाई श्रमजीवी मजदुरहरूको योगदानलाई सम्झने विशेष अवसरको रूपमा उल्लेख गर्नु भयो ।

सन्देशमा भनिएको छ, ूनेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गको ऐतिहासिक योगदानले आजको उपलब्धिहरू सम्भव भएका हुन्। संविधान २०७२ ले श्रमिकको अधिकार सुनिश्चित गरेको छ, अब ती अधिकारको व्यवहारिक कार्यान्वयनमा सरकार जिम्मेवार छ।

मुख्यमन्त्री कार्कीले आजैको दिन प्रदेश सरकारद्वारा ‘कोशी लगानी सम्मेलन’को शुभारम्भ गरिएको उल्लेख गर्दै त्यसमार्फत रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण निर्माणमा नयाँ ढोका खुल्ने विश्वास व्यक्त गर्नु भयो ।

ूश्रमजीवी वर्ग र श्रमप्रति हेर्ने नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्दै श्रमको सम्मान गर्ने संस्कार विकास गर्नु आजको आवश्यकता हो। सूचना प्रविधिको युगसँगै श्रमिकलाई नयाँ सीप र अवसरसँग जोड्नुपर्छ,ू सन्देशमा उल्लेख छ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजीको विकास, उद्यमशीलता प्रवर्द्धन, श्रमिकको सेवा–सुविधा विस्तार तथा जीवनस्तर उकास्ने दिशामा कोशी प्रदेश सरकार अग्रसर रहेको स्पष्ट पार्नु भयो ।

उहाँंले सबैलाई श्रमको सम्मान र श्रमिकप्रतिको कदर गर्ने चेतना फैलाउन आह्वान गर्दै राष्ट्र निर्माणमा श्रमिक वर्गको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend