कमल । दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका युवा यतिवेल पशुपालन व्यवसायमा रमाउन थालेका छन् ।
गाउँपालिकाको भौगोलिक अवस्था नै पशुपालनकालागी उपयुक्त भएकोले पनि यहाँका युवाहरु पशुपाल व्यवषाय तर्फ लागेका हुन् ।
झापा र मोरङ संग सिमाना जोडिएको यस गाउँपालिकाका युवाको मुख्य आम्दानीको श्रोत भनेकै पशुपाल व्यवसाय बनेको छ ।
पशुपालनकालागी उपयुक्त भएकोले यहाँका युवाहरु गाई, भैसी,बाख्रा र बंगुर पालन व्यवसायै बाट मनग्य आम्दानी गर्दैछन् ।
व्यवसायीक रुपमा पशुपालन गर्दै आएका कृषकलाई गाउँपालिको सिफारिसमा अनुदान समेत प्राप्त गरेका छन् ।
चुलाचुली गाउँपालिकाका जनताको मुख्य आम्दानीको श्रोत भनेकै पशुपालन हो । पालिकाका जम्मा घरधुरी मध्ये ८७ प्रतिशत घरधुरी पशुपालन व्यवसायमा आवद्ध छन् । त्यसैले व्यवसायीक कृषक हरुकालागी पालिकाको तर्फ बाट विभिन्न कार्यक्रम मार्फत कृषकलाई सहयोग गदैृ आएको पालिका गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ्ग बताउनुहुन्छ ।

जस अन्तरगत पालिकाको सिफारिसमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश सरकारको अनुदानमा गाउँपालिकाको वडा नम्वर १ मा सन्चालनमा रहेको दुलाल नमुना बाख्रा फर्म , चुलाचुली बाख्रा फर्म त्यस्थै वडा नम्बर २ मा रामधन बंगुर फर्म सञ्चालनमा रहेका छन् ।
वडा नम्वर १ मा चुलाचुली बाख्रा फर्म सुरुगरी बाख्रा पालन व्यवसाय गर्दै आउनु भएकी महेन्द्र कुमारी कार्कीका ५० वटा भन्दा बढी बाख्रा पालन गर्दै आउनु भएको छ । कार्कीले बाख्रा पालन बाट वार्षिक ५ लाख बन्दा बढी आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।
गाउँपालिकाको पशुसेवा शाखाको तर्फ बाट पशुपालक कृषककालागी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । पालिकाको आफ्नै श्रोत तथा प्रदेश र संघीय सरकारको समन्वयमा अनुदान वितरण,निःशुल्क औषधी वितरण, पशु आहाराका कार्यक्रम, भ्याक्सिनेसन, बिउ बोका वितरण लगायतका कार्यक्रम सञ्चलान गरेको पशुसेवा शाखा प्रमुख महेश राई बताउनुहुन्छ ।

चुलाचुली गाउँपालिका पशुपालनका लागी अत्यन्तै उर्भर भुमि मानिन्छ । व्यवसायीक रुपमा कृषी र पशुपालन गर्दै आएका कृषकलाई स्थानिय, प्रदेश र सघिय सरकार बाट प्रशस्तै अनुदान वितरण गरिएको छ । अनुदान पाएपछि कृषकले उत्पादन समेत गरेका छन् । तर उत्पादिन बस्तुले बजार नपाएको र बजारी करणकालागी तिनै तहका सरकारको कुनै पनि पहल नभएको कृषकको गुनासो छ ।
सरकारले उत्पादनमा मात्र लगानी गर्नुभन्दा आगामी दिनमा बजारीकरण तर्फ ध्यान दिन आवश्यक छ । कृषकले उत्पादिन बस्तुको बजारीकरण सरकारको तर्फ बाट गर्ने व्यवस्था मिलाउन सके पशुपालन पेसा तर्फ युवाको थप आकर्षण हुने थियो ।