कमल । नेपाली कांग्रेसले कमल ५ द्वारा अन्तरक्रियात्मक अभिमुखिकरण तथा क्रियाशिल सदस्यता बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कमल गाउँ समिति ५ नम्वर वडा समितिको आयोजनामा अन्तरक्रियात्मक अभिमुखिकरण तथा क्रियाशिल सदस्यता बितरण भएको पार्टीले जनाएको छ ।
५ नम्बर वडा सभापति चन्द्र सिह राईको सभापतित्वमा तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा संबिधान सभा सदस्य महेन्द्र कुमारी सुब्बाको प्रमुख अतिथ्यताका कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पुर्व केन्द्रिय सदस्य दिलिप राई, कोशी प्रदेश सदस्य चन्द्रकला भट्टराई झापा जिल्ला उपसभापति केशव पाण्डे , जिल्ला सदस्य प्रदिप श्रेष्ठ, शेर बहादुर श्रेष्ठ, यज्ञराज आम्देम्बे(बिष्णु) क्षेत्रिय सचिव धर्मानन्द भट्टराई, नेपाल तरुण दल जिल्ला अध्यक्ष तथा प्रदेश प्रतिनिधि राज कुमार न्यौपाने लगायत क्रियाशिल सदस्यहरुको उपस्थितिमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।