logo
शुक्रबार, साउन २९ २०८३

नेकपा माओवादीको तराइ चुरे अभियान अन्तरगत चुलाचुलीमा साँस्कृतिक कार्यक्रम


  • कुइनेटो न्युज
  • बुधबार, बैशाख १७ २०८२

चुलाचुली÷ इलामको चुलाचुलीमा नेकपा माओबादी निकट जनसास्कृतिक महासंघले बिविध सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

गाउपालिकाको वडा नम्बर ४ स्थित आइतबारेमा मंगलवार माओबादी निकट जनसास्कृतिक महासंघले सास्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम नेकपा माओबादी केन्द्र चुलाचुली गाउकमिटीको समान्वय तथा १ नम्बर प्रदेश कमिटिको आयोजनामा सञ्चालित सास्कृतिक कार्यक्रम जनसास्कृतिक महासंघले सन्चालन गरेको थियो ।

माओवादीले समाजवादी सास्कृतिक चेतनाका लागी तराइ चुरे अभियान अन्तरगत कार्यक्रम सन्चालन गरिएको जनाएको छ ।

उक्त कार्यक्रममा चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ चुलाचुली गाउपालिका कि पुर्व उपाध्यक्ष निर्मला दहाल नेकपा माओबादी केन्द्र इलाम जिल्ला सह इन्चार्ज कान्छा लावती केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण लगायत को उपस्थिती रहेको थियो ।


कार्यक्रममा सास्कृतिक महासंघका कलाकार हरुले बिभिन्न गितमा नृत्य गर्नुका साथै नाटक अबको बाटो प्रस्तुत गर्नु भएको थियो । भने
जनवादी गायक झान्कार बुढामगर,गजलकार सुमित्रा वाङदेल चेलीको समेत प्रस्तुत रहेको थियो ।

कार्यक्रम लाई शुभकामना दिदै चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ्गले यो अभियान अन्तरगतको सास्कृतिक कार्यक्रम चुलाचुलीमा ल्याउनु भएकोमा आयोजक लाई धन्यवादका साथै अभियान सफलताको शुभकामना दिनुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend