चुलचुली । दक्षिणी इलामको चुलाचुली गाउपालिकामा दुइ दिवशिय चुलाचुली साहित्य उत्सव सञ्चालन हुने भएको छ ।
गाउँपालिकाको वडा नम्वर ५ स्थित भन्ज्याङ्ग एग्रो टुरिजाम रिसोर्ट मा आगामी बैसाख १८ र १९ गते दुइ दिन चुलाचुली साहित्य उत्सव हुने भएको हो ।
चुलाचुली गाउपालिकको आर्थीक सहयोग तथा चुलाचुली भाषा,साहित्य,कला,सस्कृती,पर्यटन समान्वय समितीको आयोजनामा सम्पन्न हुन लागेको साहित्यिक उत्सब गाउँ पालिकामै पहिलो पटक आयोजना हुन लागिएको आयोजकले जनाएको छ ।
चुलाचुली गाउपालिका भित्र रहेका साहित्यिक सर्जकहरु र राष्टृय स्तर का कवीहरु लाई एउटै मन्च मा राखेर साहित्यिक सृजना पस्किने तथा साहित्य क्षेत्रमा आइपरेका समस्याहरु अवसर तथा चुनौतीका बारे घनिभुत छलफल गर्दै चुलाचुली को साहित्यिक प्रवद्धन का लागी कार्यक्रम आयोजना गरिएको हो ।
चुलाचुली साहित्य उत्सब कार्यक्रम बाट चुलाचुली गाउपालिकाले भौतिक बिकास भन्दा सम्बृद्धी को यात्रामा साहित्यिक बिकासले अप्रत्यक्ष तथा दिर्घकालिन बिकास को पाइला चाल्ने हुनाले समाज परिवर्तनमा साहित्य बिकासको मुख्य भूमिका रहेको चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनु भयो ।
बैसाख १८ गते चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ को प्रमुख आतिथ्यतामा सुरु हुने साहित्य उत्सब कार्यक्रममा चुलाचुली गाउपालिकाका १५ जना भन्दा धेरै कवीहरु र राष्टिय स्तरका साहित्यकार हरुको रचना प्रस्तुत हुने आयोजकले जनाएको छ ।
ईलाम जिल्लाको सदरमुकाम बाट धेरै टाढा र बिभिन्न सुगम स्थानहरु संगै जोडिएता पनि इतिहासको अप्ठ्यारा कालखण्ड भोग्दै आएको चुलाचुलीमा बिभिन्न जातजाती, संस्कार सस्कृती भेषभुसा, भाषा कलाहरु एक आपसमा मिलेर रहनुका साथै प्राकृतिक सुन्दर्यताले भरिभराउ रहेको यस गाउँपालिकामा चुलाचुली साहित्य उत्सब कार्यक्रमले थप उर्जा प्रदान गर्ने चुलाचुली भाषा साहित्य कला सस्कृती पर्यटन समान्वय समिती का अध्यक्ष बलिभद्र कोइराला बताउनुहुन्छ ।
साहित्यिक रचना वाचनका अलवा चुलचुली मा नाटक हिजो आज र भोली भन्ने बिषयमा बहस,तथा ग्रामिण पर्यटन प्रवद्र्धन मा साहित्य को भूमिका लगायत का बिषयमा बहस समेत हुने छ ।