कमल । दक्षिणी ईलामको चुलाचुलीमा सम्पन्न अन्तरपालिका अध्यक्ष कप पुरुस नक आउट फुटबल प्रतियोगिताको उपाधी मिक्लाजुङ गाउँपालिकाले जितेको छ ।
बुधबार सम्पन्न फाइनलल खेलमा चुलाचुली बि लाई २ गोलका विरुद्ध ४ गोल गर्दै मिक्लाजुङ गाउँपालिकाले उपाधी जितेको हो ।
उपाधी संगै मिक्लाजुङ गाउँपालिकाले नगद १ लाख रुपैयाका साथै ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । भने उपविजेता चुलाचुली बि ले नगद ५० हजार रुपैयाका साथै ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

उपाधीका लागी भिडेका दुबै टिमले निर्धारित समयमा १÷१ को बराबरी पछि ट्राइब्रेकर मा मिकाल्जुङ विजयी भएको हो ।
बैसाख ३ गते देखि सन्चालित अन्तरपालिका अध्यक्ष कप पुरुस नक आउट फुटबल प्रतियोगिता मा चुलाचुली गाउँपालिका संग भौगोलिक सिमाना जोडिएका पालिका दमक , कमल , सिवस्ताक्षी, मिक्लाजुङ, माङसेबुङ, माइ नगरपालिका र आयोजक चुलाचुली ए र बि २ टिम सहभागी रहेका थिए ।
मिक्लाजुङले आयोजक चुलाचुली ए लाई र चुलाचुली बि ले सिवसताक्षी लाई हराउदै फाइनल प्रवेस गरेका थिए ।

बिजेता र उपविजेता टिमलाई चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ्ग, उपाध्यक्ष दिल कुमारी लिम्बु, मिक्लाजुङ्ग गाउँपालिका अध्यक्ष बबि राई, उपाध्यक्ष दिनेस पौडेल चुलाचुली गाउपालिका युवा तथा खेलकुद समन्वय समितिका अध्यक्ष डम्बर तुम्रोक लगायतले नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा चुलाचुली १ वडा अध्यक्ष ध्रुव लावती २ का लक्ष्मण श्रेस्ठ ३ का प्रेम श्रेस्ठ ४ का सागर जवेगु ५का बबिन राई ६ का दिल कुमार राई लगायत स्थानिय समाजसेवी बुद्धिजिवि खेल प्रेमिहरको उपस्थिती रहेको थियो ।