logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकाका अध्यक्ष राई  नागरिकका गुनासा समाधान गर्न अब्बल


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख ६ २०८२

कमल/  झापाको कमल गाउँ पालिकाका अध्यक्ष हुकुमसिह राई  स्थानीय वासिका गुनासा समाधान गर्नमा अब्बल हुनुभएको छ ।

नागरिकका गुनासा समाधान गर्ने कममा  गाउँ  पालिकाको वडा नम्बर ४ स्थित मंगलबारे, मिलडाँडा, मुर्ति चौक, भलायो डाँडा हुदै क्याम्पा जाने  सडक अन्तरगत पूलचोक पुर्व खण्डमा सव बेस ग्रावलका बिछ्याउँने क्रममा आएकाे गुनासो समाधान भएकाे छ ।

सडक  निर्माणगर्ने कममा प्रयेाग गरिएको ग्राभेल गुणस्तर  नभएको भन्दै  स्थानीय  वासिका तर्फबाट    सामाजिक सञ्चालन मार्फत पालिका अध्यक्ष हुकुमसिह राईलाई जानकारी गराउनु भएकाे थियाे ।

सामाजिक सञ्जाल मार्फत   जानकारी भए लगत्तै पालिका अध्यक्षकाे नेतृत्वमा   सडक डिभिजन कार्यालयका ईन्जिनियर शुसान्त, नर्माण व्यवसायी  भगवान बस्नेत समाजिक  अगुवा  केदार चापागाई लगायत स्थानियबासीहरु  सहितकाे टाेलिले स्थलगत रुपमा निरिक्षण  गरिएको र आगामि दिनमा   कमजोरी सच्चाई   सडक निर्माणकाे काम लाई सुचारु गर्ने सहमति भएकाे अध्यक्ष राईले जानकारी दिनुभयाे ।

सहमति भएका विषय

सडक  ग्रावलका कममा प्रयेाग भएका अनावश्यक ठुला ढुङ्गा हटाउने ,ग्राभेलमा  माटोको मात्रा बढि भएको ले  त्यसलाई  मापदण्ड अनुसार  मिलान गर्ने,  संघिय र प्रदेश मातहतका योजनाहरु सडक डिभिजन कार्यालय वा ठेकदारले पालिका वा वडामा जानकारी गराएर मात्र  काम सुरूगर्ने,  स्थानियबासीहरुले आफ्नो ठाउँ बाट सहयोग गर्ने र कुनै पनि विषयलाई सामाजिक सञ्जालमा पाेष्ट गर्नु पुर्व सम्वन्धित संघ सस्था वा व्यक्ति संग आधिकारिक रूपमा जानकारी लिएर मात्र  पेाष्ट गर्ने लगायतका विषयमा सहमति भएकेा अध्यक्ष राईले बताउनु भयेा ।

 सडक निर्माणकाे सुरूवात

साे सडक ग्रामिण कृषि सडक नामाकरण भई २०७२ सालमा तत्कालिन प्रधानमन्त्री सम्माननिय के.पि. शर्मा ओलीले शिलान्याश गर्नु भएको थियो।

सडक निर्माणकालागि  संघिय सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत कृषि सडक खण्डमा १२  किलोमिटर  कालो पत्रे काम  भैरहँदा पुन सेहि सडक अन्तरगत   पुलचोक देखि भलायो डाडाँ सम्म र क्याम्पा बजार देखि कमल पूल हुदै धरमपुर सम्म  कालेपत्रे गर्नकालागि पुन ६ करोड रकम बिनियोजन भएको  थियाे ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend