logo
शुक्रबार, साउन २९ २०८३

न्यु जोफ्री अंग्रेजी बोडिङ्ग स्कुलले बार्षिक परिक्षाकाे नतिजा प्रकशन ,पुरस्कार बितरण तथा नयाँ बर्ष २०८२ को शुभकामना आदन- प्रदान


  • कुइनेटो न्युज
  • सोमबार, बैशाख १ २०८२

धरमपुर । झापाको शिवसताक्षी १ स्थित न्यु जोफ्री अंग्रेजी बोडिङ्ग स्कुलले शनिबार बार्षिक नतिजा प्रकशन ,पुरस्कार बितरण तथा नयाँ बर्ष २०८२ को शुभकामना आदन- प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

धरमपुर चोक नजिकै रहेको बिध्यालयको प्रङ्गणमा भव्य र सभ्य रुपमा भएको कार्यक्रममा शैक्षिकसत्र २०८१ मा उत्कृष्ट भएका बिध्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।
उनिहरुलाइ शैक्षिक सामग्री र मायाको चिनो दिएर सम्मान गरिएको थियो ।

सो अवसरमा विद्यालयको विविध गतिविधि र वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्दै विद्यालयका प्रिन्सिपल चन्द्रप्रसाद गाैतमले भने यस बिध्यालयले बिभिन्न आरोह अबरोह पार गर्दै यहाँ सम्म आइ पुग्नु सम्पुर्ण अभिभावकहरुको देन भएकोले अगमि दिनमा पनि साथ सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

बिध्यालय अहिले ३०औ बसन्त पार गर्दै गर्दा यहाँबाट उत्पादन बिध्यार्थीहरु सरकारको उपल्लो निकायमा कार्यरत छ्न भने कोही डाक्टर, इन्जिनियर साथै आर्थिक रुपमा सक्षम भएको हामीले सुन्न र देख्न पाएका छौ । यो नै हामी शिक्षक हरुको गर्व गर्न लायक बिषयहरु हुन।

कुनै समयमा यस बिध्यलयले राम्रै ख्याती आर्जन गरेको सर्वबबित नै छ । फेरि पनि यस बिध्यलयको शाख पर्काउन सम्पुर्ण टिम लागि परेको प्रीन्सिपल गौतमले बताउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथि वडा न. १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङले विद्यालयको प्रशंसा गर्दै भन्नुभयो यो विद्यालय नगरकै पुरानो संस्थागत बिध्यालय मध्ये एक बिध्यालय भएको र शैक्षिक स्तर, अतिरिक्त क्रियाकलाप साथै व्यवहारिक ज्ञानमा अब्बल रहेको छ।

नगरभित्रकै संस्थागत विद्यालय मध्ये यो विद्यालय नमुनाउन्मोख बन्नेमा आसाबादी रहेको समेत बताउनु भयो ।

त्यसैगरि विद्यालयले २०८१ को शैक्षिक सत्रमा शिक्षण सिकाईमा उत्कृष्ट क्रियाकलाप प्रदर्शन गर्ने शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गर्दै थप हौला दिएको थियो ।

उपस्थित अभिभावक र अतिथिहरुलाई बिध्यार्थीहरुले बिभिन्न गित संगितमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए ।

कार्यक्रममा प्याप्सन शिवसताक्षी अध्यक्ष राम सुहाङ स्थानीय समाजसेवी दुर्गा नेम्बाङ्ग लगायतले शुभकामना मन्तब्य बोल्दै विद्यालयको प्रगति देखेर गर्व महसुस भएको बताए ।


विद्यालयका संस्थापक सदस्य अम्विका राईको अध्यक्षतामा भएको कार्यक्रममा बिध्यालयका शिक्षिका संगिता दाशले स्वागत मन्तब्य बोल्नु भएको थियो भने कार्यक्रमको संचालन कक्षा ९ का बिध्यार्थी द्वोय निर्जला भुजेल र स्मृति भुजेलले गरेका थिए।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend