logo
शुक्रबार, साउन २९ २०८३

राष्ट्रीय स्वतन्त्र पाटी शिवसताक्षी नगर समितिको सभापतिमा : कडरिया निर्वाचित


  • कुइनेटो न्युज
  • शनिबार, चैत्र ३० २०८१

शिवगन्ज । राष्ट्रीय स्वतन्त्र पाटी शिवसताक्षी नगर समितिको सभापतिमा गंगाराम कडरिया निर्वाचित भएका छ्न ।

त्यस्तै उपसभापतिमा गोमा अधिकारी निर्वचित भएकी छ्न ।

सभापति र उपसभापति पदमा सर्वसम्मत हुन सहमति नजुटे पछि लोकतान्त्रिक बिधि निर्वचन प्रक्रियाबाट चय गर्नु परेको हो ।

आज भएको पाटीको पहिलो नगर अधिबेशनले मतदान प्रक्रियाबाट सभापतिमा कडरिया र उपसभापतिमा अधिकारी निर्वाचत भएका हुन ।

सभापतिका प्रत्यासी तुलसीराम खनाललाई ३१ मतान्तरले पछि पार्दै कडरिया बिजयी भएका हुन । कडरियाले ६४ मत प्राप्त गर्दा खनालले जम्मा ३३ मत मात्रै पाए ।

त्यसै गरि उपसभापतिमा प्रत्यसी दिपा आचर्य लाई ३२ मतान्तरले पछि पार्दै अधिकारीले जितिन । अधिकारीले ६० मत ल्याइन भने निकटतम प्रतिद्वन्दी आचर्यले ३७ मत प्राप्त गरेको निर्वचन समितिले जनाएको छ ।

सभापति र उपसभापति बाहेक अन्य सबै पदमा सर्वसम्मत कार्य समिती चयन भएका छ्न ।


अन्य समितिहरुमा सजिबमा पुर्ण बहादुर लकान्द्री, सहसचिबमा राधाकृष्ण घिमिरे,र सदस्यहरुमा साबित्रा थापा ,प्रेमकुमार अधिकारी,शिवकुमार मैनाली, श्री प्रसाद मैनाली,गोपीनाथ गौतम ,लतादेबी ढुङ्गेलर यामप्रकाश चेम्जोङ रहेकको पाटीका क्षेत्रीय उपसभापति मोहन सिन्चिउरीले जानकारी दिनुभयो ।

शिवगन्ज स्थित जेष्ठ नगरिक भवनमा आयोजित कार्यक्रमलाई संघिय साम्सद निशा डाँगीले सम्बोधन गर्नु भयो ।उहाले यस राष्ट्रिय स्वतन्त्र पाटी अन्य पुरानो र ठुला पाटी भन्दा फरक र युवाको नेतृत्व भएको पाटीले सरकारमा हुदा देश र जनताको लागी केहि आश लाग्दो काम गरेको भन्दै अहिले ठुला दल मिलेर बनेको सरकारले आफ्नो आसेपासेलाई भ्रस्टाचारमा उन्मुक्ति दिएर सम्रक्षण गरिरहेको बताउनु भयो ।

अधिबेशनमा कोशी प्रदेशका उपसभापति ,जिल्ला सभापति ,छिमेकी पालिकाका प्रतिनिधिहरु र स्थानीय कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend