पाँचगाछी । नेकपा ( माओबादी केन्द्र) शिवसताक्षीको दोश्रो नगर अधिबेशनबाट नव निर्वचित पदाधिकारीहरुलाई आज एक कार्यक्रमका बिच सफत ग्रहण गरिएको छ ।
शिवसताक्षी ४ जनता बजार स्थित साना किसान सहकारी संस्थाको सभाहलमा अयोजित नव निर्वचित नगर कमिटीलाइ सफत ग्रहण ,सिरुवा तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा नव निर्वाचित नगर कमिटीहरुलाई सफत ग्रहण गरिएको छ ।
उनि हरुलाई निर्वचन प्रमुख एन पि लामिछानेले सफतग्रहण गराउनु भयो ।
सफत ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै पुर्व मन्त्री दर्लामीले भन्नु भयो अहिलेको सरकार सेटिङ बाट बनेको हुनाले यसले देशलाइ थप अध्यारो तर्फ धकेली रहेको बताउनु भयो ।
उहाले भन्नु भयो यो सरकार भ्रस्टाचारमा लिप्त भएर लागि परेको छ देश लाइ सुसासन र अग्रगामी छ्लाङ मार्न नेकपा माओबादी( केन्द्र )बाहेक अरु बिकल्प नभएको भन्दै सबै एक ढिक्का भएर लागे ०८४ मा ठुलो पाटी बनाउन सकिने बताउनु भयो ।
उक्त कार्यक्रममा प्रदेश कमिटी उपाध्यक्ष शिव कुमार डाँगी ,प्रदेश कमिटी सदस्य रामकुमार राई , प्रदेश कमिटी सचिवलय सद्स्य कल्पना कार्की (भुमिका )
अधिबेशनका निर्वाचन प्रमुख एन पि लामिछाने लगायत ले नवनिर्वाचित नगरकमिटी हरुलाई बधाइ सहति नव बर्षको शुभकामना प्रदान गरेका थिए ।
आदिबासी जनजाति समुदायको बाहुल्यता रहेको शिवसताक्षी ४ र ५ बासीले हरेक बर्ष बैशाख २ गते सिरुवा पर्व धुमधामक साथ हिलो खेलेर मनाउने प्रचलन रहि आएको छ ।

गएको चैत ९ गते सम्पन्न दोस्रो नगर अधिबेशनबाट युवा नेता दुर्गा नेम्बाङको अध्यक्षमा ४५ जनाको नगर कमिटी सर्वसम्मत चयन भएका थिए ।
दोस्रो एतिहासिक अधिबेशनले जिल्ला कमिटी सद्स्य समेत रहेका राजनीतिक तथा सामाजिक ब्यक्तित्व युवा नेता नेम्बाङ सहित उपाध्यक्षमा क्रमशः राजु दर्नाल,कचाली ताजपुरिया र भुवन राई सर्बसम्म्त चयन भएका थिए भने सचिबमा धनकुमार ढकाल , सह सचिबमा भुवन सेन्दाङ र देबिका खनाल साथै कोषाध्यक्षमा हेम बहादुर कार्की(सुमन)चयन भएका थिए ।
त्यसैगरी उक्त अधिबेशनले ४५ जनाको जम्बु नगर सदस्य समेत चयन गरेको थियो ।