logo
शुक्रबार, साउन २९ २०८३

कोशी प्रदेशकाे गरिबीलाई पाँचवर्षमा शुन्यमा झारिन्छ : प्रधानमन्त्री अेाली


  • कुइनेटो न्युज
  • शनिबार, चैत्र ३० २०८१

कमल । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नयाँ आर्थिक वर्षको नीति र बजेटको तयारीमा रहेको बताउनुभएको छ ।

दमकमा आयोजन गरिएको विशाल जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या र भूमि समस्या समाधान गर्न सरकारले संसदको अधिवेशनको सुरुवातमा नै गरिने बताउनुभयो ।


कोशी प्रदेशमा करिब ११ प्रतिशत जनता रहेकोमा आगामी ५ वर्षमा त्यसलाई शुन्यमा झारिने प्रधानमन्त्रीले बताउनुभयो । कृषिको आधुनिकिरण र मेसिनीकरण गर्न किसानलाई सुझाव दिनुभयो । समुह र सहकारी मार्फत खेतिपाती गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कृषि सुपर जोनबाट झापाले फाइदा िलन नसकेको बताउनुभयो । उहाँले व्यक्तिगत खेति प्रणालीले किसानलाई उभो नलगाउने भएकोले सामुहिकतामा विश्वास गर्न उहाँले सुझाव दिनुभएको छ ।

किसानलाई सामुहिकता खेतिको सफलता देखाउने भ्रमणका कार्यक्रमहरु राख्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend