logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षीमा जारी मेयर कप २०८१ को फुटबल तर्फको उपाधी वडा न.१० ले जितेकाे छ


  • गोविन्द ल्वागुन
  • शनिबार, चैत्र ३० २०८१

शिवसताक्षी। झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को फुट्बल तर्फको उपाधी वडा न.१० ले जितेको छ ।
आज शुक्रबार भएको फाइनल खेलमा वडा नमबर १०ले वडा न. ७ लाई ट्राइबेकरमा ३ का विरुद्ध ४ गोल गर्दै वडा न. ७ ले उपाधी कब्जा गरेको हो ।

जित संगै बिजेता टिमले नगद ५२ हजर सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने र उपबिजेता टिमले नगद ४१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र समापन कार्यक्रमका बिशिस्ट अतिथि तथा नगर प्रमुख मेगाहाङ थोप्राले हस्तान्तरण गर्नु भयो ।

शिवसताक्षी नगर खेलकुद बिकास समितिको आयोजनामा आज भएको फाइनलखेलमा निर्धरित समयमा दुबै तर्फ बाट गोल रहित बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

खेलमा वडा न.७ ले गोल लगाउने मौका धेरै पाएको भए पनि गोल लगाउन भने सकेन । गोल लाई ६० प्रतिसत आफ्नो पकडमा राखेर खेलेको ७ न. वाडालाई भाग्यले साथ नदिएकै कारण उपाधी हात पार्न बाट बन्चित हुन पुग्यो ।

हजारौ दर्शकको भिड्मा भएको फाइनल खेलले सबै लाइ अत्यान्त मनोरञ्जन दिएको थियो ।
खेलको म्यन अफ द म्याच बिजेता टिमका गोल किपर सुदिप मर्डी घोषित भए उनले नगद २ हजार १ सय हात पारे ।

त्यस्तै उत्कृष्ट गोलकिपरको पुरस्कार वडा न. १०का सुदिप मर्डीले प्राप्त गरे । भने उत्कृष्ट डिफेन्डर वडा न. ७ का रोजिन कार्की भए । त्यस्तै उत्कृष्ट मिड्फिल्डर वडा न. १० का सिमोन राई घोषित भए ।

उत्कृष्ट फर्वाड वडा न.१० का मुक्साहाङ लिम्बुले प्राप्त गरे । यि माथी उल्लेखित सबैले समान ५ हजार ५ सय रुपैया सहित ट्रफी र मेडल प्राप्त गरे । त्यस्तै हाई स्कोरर अवार्ड वडा न. ८ का सोहन थापा र वडा न. ११ का देब मल्लिकले संयुक्त प्राप्त गरे ।

उनिहरुले एकमुष्ट ७ हजार ५ सय रुपैया प्राप्त गरे । त्यस्तै उदयमान खेलाडी वडा न. ८ का सोहन थापा घोषित हुदै उनले नगद ६ हजार ५ सय रुपैया नगद सहित ट्रफी पनि प्राप्त गरेकाछन । प्लेयर अफ दि टुनामेन्ट भने वडा न. ७ का हेमन लिम्बु घोषित भए र उनले नगद ११ हजार रुपैया सहित ट्रफी प्राप्त गरे ।

यि सबै पुरस्कार हरु नगर प्रमुख मेगाहाङ थोप्रा र नगर खेलकुद अध्यक्ष सुरज रिङालुङले संयुक्त हस्तान्तरण गर्नु भयो ।

त्यसैगरि क्रीकेट तर्फ वडा न.११ बिजयी भएको छ ।उस्ले वडा . ९ लाइ ५ विकेटले पराजित गर्दै उपाधी जितेको हो ।
बिजेता टिमले नगद ३५ हजार र उप बिजेता टिमले नगद २५ हजार सहित मेडल ,ट्रफी र प्रमाणपत्र हात पारे ।

प्लेयर अफ दि सिरिज वडा न. ७ का बिजय घिमिरे घोषित भए । राइजिङ प्लेयर वडान. ११ का बिशेष उप्रेती घोषित भए। त्यसैगरी हाइएस रन वडा न. का सुरज योङ्हाङ घोषित हुदा बेष्ट विकेट किपर वडा न.११ का सनम मगर घोषित भए।

त्यस्तै बेस्ट फिल्डिङ वडा न. ११ का नरबिर फागोले हात पारे भने बेस्ट बलर वडा . ९ का बिराज तामङ् घोषित हुदा बेस्ट ब्यट्सम्यान वडा न. ११ पुर्ण लिम्बु घोषित भए उनिहरुले क्रमशः निम्नुसार नगद पुतस्कार र ट्रफी हातपारे ।

प्लेयर अफ दी सिरिज ६ हजार , राइजिङ प्लेयर ४ हजार
,हाइएस रन ३ हजार ५ सय , बेष्ट विकेट किप्पर ३ हजार ५ सय ,बेष्ट फिल्डिङ ३ हजार ५ सय
बेष्ट बलर ३ हजार ५ सय , बेष्ट ब्याट्स मेन ३ हजार ५ सय रुपैया प्राप्त गर्न सफल भएको आयोजकले जानकारी दिएको छ।


गत २१ गते देखे शुरु भएको मेयरको फाइनल खेल आज भएको हो ।मेयरकप समापन समारोह कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एल पि सावाँ लिम्बुले उदघाटन गर्ने कार्यक्रम रहेको रहेको भए पनि अन्तिम समयमा प्रमुख अतिथि अनुपस्थित भए पछि मेयर थोप्राले नै पुरस्कार बितरण गर्नु भयो ।
मेयरकपमा बिभिन्न ६ वटा खेलहरु समाबेश भएको थियो ।
राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उदेश्य सहितायोजना गरिएको मेयर कपलाई आगमी बर्षमा पनि निरन्तरता हुने बताइएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend