logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षीमा जारी मेयर कप‌ २०८१ को क्रिकेट तर्फको बिजेता वडा न. ११


  • कुइनेटो न्युज
  • बिहिबार, चैत्र २८ २०८१

झिलझिले ।शिवसताक्षीमा जारी मेयर कप‌ २०८१ को क्रिकेट तर्फको बिजेता वडा न. ११ भएको छ ।

आज अपराहन्न भएको फाइनल खेलमा वडा न. ९ लाई ५ विकेटले पराजित गर्दै उपाधी जितेको हो ।

आज बिहान भएको भारी बर्षाको बाब्जुत खेल स्थगित गरिने भए पनि अपारहन्न मौसममा सुधार आए संगै पिचको अवस्था ठिक भए पछि खेल भएको हो ।

खेलमा शिवसताक्षी ९ ले ट्स जितेर ब्याटिङ रोजेको थियो। वडा न. ९ ले निर्धारित १५ ओभरमा ५ विकेटको क्षतिमा १३९ रन बनाएर अल आउट भएको थियो।
१४० रनको तार्गेटका साथ जवाफी ब्यटिङमा उत्रिएको वडा न. ११ले ५ विकेटको क्षतिमा १४.३ ओभरमा १४२ रन बनाउदै निर्धारित लक्ष्य भेटायो र खेल ५ विकेटले वडा न. ११ ले जित्यो ।

खेलको म्यान अफ दि म्याच बिजेता टिम वडा नं.११ का दिपेश मगर घोषित भए। उनले ३१ बलमा २४ रन बनाएर २ विकेट पनि लिएका थिए।

क्रीकेट प्रातियोगिताको बिजेताले नगद ३५ हजार ट्रफी, मेडल् र प्रमाण पत्र प्राप्त गर्ने छ्न भने उपबिजेता टिमले भने नगद २५ हजार मा चित्त बुझाउने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज राइले जानकरी दिनुभयो ।
बिजेता र उपबिजेता टिमलाइ पुरस्कार भोली समापन समाहरोहक बिच प्रदान गरिने आयोजक समितिका अध्यक्ष राईले बताउनु भयो ।
मेयर कप २०८१ नगर खेलकुद विकास समिति, शिवसताक्षी नगरपालिकाकाे आयोजनामा सञ्चालन भएको हो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend