logo
शुक्रबार, साउन २९ २०८३

राजदूत डा.म्याउली र मुख्यमन्त्री कार्की बीच भेटवार्ता


  • कुइनेटो न्युज
  • मंगलबार, चैत्र २६ २०८१

विराटनगर।स्विजरल्यान्डका राजदूत डाक्टर डनिएल्ले मोन्टेलियोन म्याउली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीबीच आज भेटवार्ता भएको छ।

भेटवार्तामा कोशी प्रदेशको विकास र समृद्धि र दुई पक्ष हितका विषयमा छलफल भएको छ। स्विजरल्यान्डकी राजदूतडाक्टर डनिएल्ले मोन्टेलियोन म्याउलीले कोशी प्रदेश सरकारले पर्यटन मार्फत आर्थिक समृद्धिका निम्ति देखाएको अग्रसरता प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले कोशी प्रदेश सरकार सँग पर्यटन प्रवर्धनको काम गर्न स्विजरल्यान्ड तयार रहेको जानकारी दिनुभयो। प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनले लगानी मैत्री वातावरण सिर्जना गर्ने साथै रोजगार प्रवर्धन गर्ने आशा व्यक्त गर्नुभयो।

नेपालसगको दौत्य सम्बन्ध लामो रहेको चर्चा गर्दै उहाँले संघीयता पछि पहिलोपटक कोशी प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले शासकीय सुधार ,सुशासन प्रवर्द्धन र प्रविधिमैत्री कोशी प्रदेश निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अहिलेको नेतृत्वसँग काम गर्न सहजता भएको उल्लेख गर्दै प्रदेश सरकारको लक्ष्य र उद्देश्य साथै प्राथमिकता प्रति उहाँले प्रशंसा गर्नु गर्नुभयो।

सो अवसरमा राजदूत मोन्टेलियोन म्याउलीनिजीले निजि क्षेत्रको सहकार्य वृद्धि , व्यवसायिक सिपको प्रवर्द्धन र पर्यटनको विभिन्न प्लान सहयोग गर्ने सहयोग गर्ने बताउनुभयो।

भेटवार्तामा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशले आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रमा काम गरिरहेको चर्चा गर्दै स्विस सरकारले पदमार्ग ,आर्थिक समृद्धि सुशासन ,शासकीय सुधारमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

मुख्यमन्त्री कार्कीले राजस्व वृद्धि गर्ने गरी काम गर्न सुरु गरिएको र यसले प्रदेशको विकासमा स्रोत जुटाउनको लागि सहयोग पुग्ने धारणा राख्नुभयो। उहाँले प्रदेश सरकारले गरेको सुशासनका कार्य साथै विकास निर्माण र पर्यटन क्षेत्रमा सहयोग गर्न स्विस राजदूतलाई आग्रह गर्नुभयो।

भेटवार्तामा स्विस राजुतावासका प्रोग्राम अफिसर ‌आयुष राई, फिल्ड अफिसर सुशील श्रेष्ठ, स्टेट बिल्डिङ सल्लाहकार नमित वाग्ले साथै गर्न सम्पर्क सल्लाहकार रवि खनाल, प्रेस सल्लाहकार विक्रम लुइटेल प्रमुख स्वकीय सचिव जीवन कार्की सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend