शिवसताक्षी ।झापको शिवसताक्षीमा जारी मेयर कप २०८१को भलिबल तर्फ वडा न. ७ बिजेता बन्दै रु ३५ हजार जितेको छ ।
प्रतियोगिताको आज भएको फाइनल खेलमा वडान. ११ लाई ३-१ को सेटमा पाखा लगाउदै वडा न. ७ ले उपाधी जितेको हो ।
उपबिजेतामा सिमित रहेको वडा न. ११ ले नगद २५ हजारमा चित्त बुझायो ।
फाइनल खेलको म्यान अफ द म्याच पराजित टिमका रमेश खड्का घोषित हुदै नगद ११ सय प्राप्त गरे ।
मेयर कप २०८१को बिजेता वडा न. ७ ले सेमिफाइनलमा वडा न. ३ लाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रबेश गरेको थियो ।
पहिलो सेमि फाइनल खेलको म्यान अफ द म्याच वडा न. ७ का कमल दर्नाल घोषित हुदै नगद ११ सय पाउन सफल भए ।
दोस्रो सेमिफाइनल खेलमा वडा न. ११ ले सेमिफाइनलमा वडा न. ९ लाई बेस्ट अफ थ्रीमा संघर्षपुर्ण जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।
उक्त खेलका म्यन अफ द म्यच वडा न. ११ का प्रकाश चौधरी घोषित हुदै उनले ११ सय प्राप्त गरे ।
बिजेता र उपबिजेता टिम सहित बिधागत पुरस्कार र ट्रफीहरु २८ गते समापनको दिन बितरण गरिने नगर खेलकुद अध्यक्ष सुरज रिङालुङ राईले जानकारी दिनु भयो ।
प्रतियोगितामा नगरका ११ वटै वडाका खेलाडीहरुको सहभागिता रहेको थियो ।