logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षीमा जारी मेयर कप २०८१ को ब्याट्मिन्टन तर्फको खेल सम्पन्न


  • कुइनेटो न्युज
  • आइतबार, चैत्र २४ २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को ब्याट्मिन्टन तर्फको खेल सम्पन्न भएको छ ।

झिलझिले स्थित कवड हलमा आयोजित प्रतियोगितामा ब्यट्मिन्टनको डबल तर्फको उपाधी वडा न. ९ का अग्नि प्रसाद खरेल र शम्सेर चौधरीको जोडीले जितेको छ ।
त्यस्तै वडा न. ११ का बिकास कुमर कुमाल र गम्बिर बहादुर राईको जोडी उपबिजेतामा सिमित भए ।

प्रतियोगिताको बिजेता टिमले नगद १५ हजार सहित मेडल ट्रफी र प्रमाण पत्र हात पारे भने उपबिजेतामा सिमित भएका जोडीले नगद १० हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।

त्यसैगरी ब्याटमिन्टन एकल तर्फको उपाधी वडा न. ७ का बिर बहादुर लिम्बुले जिते । उनले वडा न. ८ का प्रशन्न चापागाईलाई पराजित गरि एकल तर्फको उपाधी कब्जा गरेको हो ।
बिजेता बने संगै लिम्बुले नगद ८ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र हात पारे भने उपबिजेतामा सिमित भएका चापागाईले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको ब्याटमिन्टन खेल संयोजक सुमन राइले जानकारी दिए ।
ब्याट्मिन्टन प्रतियोगितामा दुबै बिधामा ११ वटै वडाको खेलाडीहरुको सहभागिता रहेको थियो ।

यि दुबै टिमका बिजेता र उपबिजेतालाई मेयरकप समापनको अवसरमा पुरस्कार बितरण गरिने नगर खेलकुद बिकास्समितिका अध्यक्षा सुरज रिङ्गलुङ राइले जानकारी दिएका छ्न ।

स्वास्थ्यको लागी र राष्ट्रियको लागी खेलकुद भन्न्ने नाराको साथ हरेक बर्ष आयोजना हुने मेयर कप लाइ निरन्तरता दिदै जाने बताइएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend