logo
शुक्रबार, साउन २९ २०८३

नविन अंग्रेजी बोडिङ्ग स्कुलले बिभिन्न कार्यक्रम गरि १६ औ बार्षिक उत्सब मनायाे


  • कुइनेटो न्युज
  • आइतबार, चैत्र २४ २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी १ मा रहेको नाम्बिन अंग्रेजी बोडिङ्ग स्कुलले आज बिभिन्न कार्यक्रम गरि १६ औ बार्षिक उत्सब मनाएको छ ।

शिवसताक्षी नगरपालीकाको प्रमुख मेगाहाङ थोप्राको प्रमुख अतिथि तथा बिध्यलय बयब्स्थपन समितिको अध्यक्ष मोहन सिनचिउरीको अध्यक्षतामा भएको हो ।

बिभिन्न आरोह अबरोह पार गर्दै १६ औ बसन्तमा प्रबेश गर्दै गर्दा बिध्यलय नयाँ ब्यबस्थापनमा संचालन हुने बताइएको छ ।

बिध्यल्यलाइ नयाँ शैक्षिक सत्रबाट पुर्ण रुपमा इस्ट होराइजन स्कुलको सहकार्य रहने बताइएको छ।

शुभकामना मन्तब्य राख्नुहुदै इस्ट होआइजनका संथापक प्रीन्सिपल संजीब राईले नया शैक्षिकशत्र बट कक्षा ४ सम्म नै बुक फ्री गरेर जिवन उपयोगी शिक्षा प्रदान गर्न अभिभावक हरु संग बृहत छलफल गरेर लागु गराउनु पर्ने धारणा राख्नुभयो ।

बिध्यालय परिसरमा आयोजित कार्यक्रममा बिध्यार्थीहरुले बिभिन्न रोचक नृत्य , गायन, नाट्क र निबन्ध प्रस्तुत गरेका थिए ।


पराम्परागत शिक्षा भन्दा पनि जीवन उपयोगी शिक्षा भएकोले शिक्षक हरुलाइ सोहि अनुसारको तालिम दिएर अध्यापनको ब्यबस्थापन गरिने बताइएको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख थोप्राले संस्थागत बिध्यलयहरुमा सहयोग गर्न सरकारको निति तथा ऐन ले नदिने भएकोले समस्या उत्पन्न भैरहेको बताउनु भयो ।

उक्त कार्यक्रममा इस्ट होराइजनका बिध्यार्थीहरुले पनि बिभिन्न आकर्षक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा वडा न. ४ का अध्यक्ष बिष्णु प्रसाई, वडा न.३ का अध्यक्ष भाष्कर न्यौपाने लगायतले शुभकामना मन्तब्य बोलेका थिए ।

बिध्यलयका संस्थापक जसु लिम्बुले स्वागत् मन्तब्य बोल्नु भएको कार्यक्रमको संचालन शिक्षक पुष्प पौड्याल र बिध्यार्थीहरुले संयुक्त संचालन गरेका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend