शिवसताक्षी । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र न. १ का संघीय साम्सद बिश्व प्रकाश शर्मा यहि २२ गते धरमपुरमा आउनुहुने भएको छ ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिति झापा ४(१) को कार्यलय भवनको उद्घाटन तथा सम्मान कार्यक्रमलाइ सम्बोधन गर्न महामन्त्री शर्मा धरमपुर आउनुहुने भएको पाटीका महासमिती सदस्य मचिन्द्र सेर्माले जानकारी दिनु भयो ।
सेर्माको अनुसार शिवसताक्षी २ मा निर्माण गरिएको पाटीको क्षेत्रीय कार्य समिति झापा ४(१) को नवनिर्मित भवनको उद्घाटन संगै भवन निर्माणको लागि जग्गा दाता र आर्थिक सहयोग गर्ने दाताहरुलाइ सम्मान गर्ने कार्यक्रम तय भएको बताउनु भयो ।
शुक्रबार मध्यान्न १२:३० बजे उद्घाटन हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको क्षेत्रीय कार्य समिति झापा ४(१) का सभापति बिनोद ढकालले बताउनु भयो ।
आफ्नै कार्यलय निर्माण सम्पन्न भएको लामो समय सम्म पनि उद्घाटन नभएकोले भवन उद्घाटन पछि पाटीको गतिविधि संचालन गर्न र बैठक बस्न ठूलो टेवा पुग्ने सभापति ढकालको भनाइ छ ।