logo
शुक्रबार, साउन २९ २०८३

ईद पर्वले नेपालीहरूलाई एकआपसमा एकतामा बाँधेर अघि बढ्न प्रेरणा मिल्ने : मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • सोमबार, चैत्र १८ २०८१

विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ईद पर्वले नेपालीहरूलाई एकआपसमा एकतामा बाँधेर अघि बढ्न प्रेरणा मिल्ने बताउनुभएको छ।

आज ईद पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले यो पर्वले एकआपसमा सद्भाव वृद्धि गर्दै सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्यमा समेत सहयोग पुग्ने बताउनुभएको छ।

नेपालको संविधानले सबै जातजाति र धर्मालम्बीहरूको अधिकार स्थापित गरेको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले सबै मिलेर संविधानको रक्षा गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ।

मुख्यमन्त्री कार्कीले ईद पर्वले शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ। नेपालको संविधानले सबैलाई समान दृष्टिकोणले हेरेको चर्चा गर्दै यसको रक्षा र संरक्षणको लागि जुट्न पनि यो पर्वले प्रेरणा दिने बताउनुभएको छ।

नेपाल बहुजाति बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले हाम्रो आफ्नै मौलिक परम्परा र संस्कृति रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यसले गर्दा नै हामीलाई एकताको सुत्रमा बाँधेर हातेमालो गर्दै अगाडि बढ्न सहयोग पुगेको विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend