कमल । इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई वटा गाउँ विकास समिति मिलाएर बनाइएको हो ।
. जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १ सय ८ दशमलव ४६ वर्ग किलोमिटर रहेको छ भने छ ।
गाउँपालिका लाई ६ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका, पश्चिमका मोरंग जिल्ला उत्तरमा माङ्सेबुङ गाउँपालिका तथा दक्षिणमा झापा जिल्ला संग सिमाना जोडिएको छ ।. पूर्वपश्चिम राजमार्ग संग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा जिल्लाको कुल जनसङ्ख्याको करिब ७ दशमलव २ प्रतिशत जनसङ्ख्या बसोबास गर्ने गर्दछन् ।
शिक्षाक्षेत्रको कुरा गर्ने हो भने चुलाचुली गाउँपालिकामा सामुदायिक विद्यालय अन्तगत ८ वटा माध्यमिक र १२ वटा आधारभूत विद्यालय रहेका छन् भने संस्थागत तर्फ २ वटा माध्यमिक र ५ वटा आधारभुत विद्यालय गरि जम्मा २७ वटा विद्यालय र २६ वटा बाल विकास केन्द्र सञ्चालनमा रहेका छन् । जसमा .५ हजार विद्यार्थी अध्ययनरत छन् ।
गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागी पालिकाको आन्तरिक श्रोत बाट १ करोड ६० लाख र सशर्त तर्फ को १२ करोड गरि जम्मा १३ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । यो पालिकाको कुल बजेटको ३० प्रतिशत रकम हो । विद्यालयमा आवश्यक पर्ने शिक्षक लाई व्यवस्थापन गर्न आन्तरिक श्रोत बाट २२ जना शिक्षक समेत पालिकाले नियुक्ति गरेर विद्यालयको पठनपाठन लाई नियमित गरेको छ ।

त्यस्तै पालिकाले समयको आवश्यकता अनुसार सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउदै लगेको छ । कक्षा कोठालाई प्रविधि सँग जोड्नु का साथै आइसिटी ल्याब , विज्ञान प्रयोगशाला र पुस्तकालय समेत सञ्चालनमा ल्याएको छ ।
पालिकाले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागी आवश्यक बजेटको व्यवस्थापन गरेर विद्यालयको शैक्षिक सुधारका लागी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेका छौ. । गाउँवासीको उज्वल भविष्यको आधारशिलाका लागी चुलाचुली गाउँपालिकामा गुणस्तर शिक्षा तर्फ आफूहरू लागिपरेको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ् बताउनुहुन्छ ।
चुलाचुली गाउँपालिकामा विवाह गरेर आउने बुहारीका लागी निःशुल्क बुहारी शिक्षा कार्यक्रम सञ्चालनमा रहेको छ । भने प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विध्यार्थिका लागी प्रत्येक वडा बाट २ जना र पालिकाको तर्फ बाट थप २ जना गरी जम्मा १४ जनालाई छात्रवृत्तिमा सिटिईभिटी तर्फ सिभिल इन्जिनियरिङ ३ वर्षे डिप्लोमा वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम प्रसाद मिश्र बताउनुहुन्छ ।
चुलाचुली गाउँपालिकाको वडा नम्बर ३ स्थित किराँतेश्वर माध्यमिक विद्यालय २०२५ सालमा स्थापना भएको हो ।
बाल कक्षा देखी कक्षा १० सम्म अध्यापन हुने यस विद्यालयमा हाल ३ सय जना विद्यार्थी अध्ययनरत छन् । विध्यालको भौतिक पुर्वाधारका साथै शैक्षिक सुधारका लागी पालिकाले आश्यक व्यवस्थान गरेपछि विद्यालयको शैक्षिक गुणस्तर निकै सुधार भएको विध्यालयका प्रधानाध्यपक ऋषीराज काफ्ले बताउनुहुन्छ ।
विद्यालयको भौतिक सुधारले मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार हुदैन यसकालागी विद्यालयमा आवश्यक दरबन्दिको व्यवस्था पुरा गर्नु पर्छ भने कार्यरत शिक्षकले समेत समय अनुसार आफुलाई परिवर्तन गर्न सक्नु पर्छ तव मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधारहुने विद्यालयमा कार्यरत शिक्षिका सीता नेपाली बताउनुहुन्छ ।

सामुदायकि विद्यालयको शैक्षिक उपलब्धि पहिलेको तुलनामा धेरै नै राम्रो हुदै आएको छ । सामुदायिक विद्यालयको शैक्षिक उपलब्धिमा समेत सुधार हुँदै छ । तर विद्यालयमा सुधार गर्नुपर्ने धेरै कुराहर छन् त्यसमा शिक्षक , विद्यार्थी , अभिभावक, पालिका सबै लागेमात्र समग्र पालिकाको शिक्षामा उल्लेखनिय प्रगतीहुने शिक्षक तुलसी यावा लिम्बु बताउनुहुन्छ ।
चुलाचुली गाउँपालिकाको वडा नम्बर ३ मा रहेको किराँतेश्वर माध्यमिक विद्यालय पालिका कै जेठो विद्यालय हो । स्थापना कालमा चित्राले बारेर सुरु गरेको विद्यालय आज याहाँ सम्म आई पुग्दा धेरै परिवर्त भएको छ । निजी विद्यालय सँग प्रतिष्पर्धा गर्दै आएको यो विद्यालय प्रति अहिले सबैको आकर्षण बढ्न थालेको भए पनि सबै मिलेर यस लाई अगाडी बढाउनु पर्ने स्थानिय अभिभावक होमनाथ न्यौपाने बताउनुहुन्छ ।
गाउँपालिकाको वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय २०८१ सालको एसईई परिक्षालाई लक्षित गर्दै पालिका , विध्यालय र विध्यार्थिको सहकार्यमा रात्रीकालिन छात्रावास सञ्चालनमा ल्याएको छ । पालिकामा मै पहिलो पटक सञ्चालनमा ल्याएको छात्रावासको प्रभावकारीता हेरर आगामी दिनमा यसलाई अझ व्यवस्थित रुपमा सञ्चालन गरिने छ ।
पछिल्लो समय सामुदायिक विध्यालमा शैक्षिक गुणस्तर सुधार हुन थालेपछि सामुदायिक विद्यालय प्रति अविभावकको विश्वस बढ्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर राई बताउनुहुन्छ ।
चुलाचुली गाउँपालिका वडा नम्बर २ मा रहेको जनता माध्यमिक विद्यालय पालिका कै नमुना विद्यालय हो । बालकक्षा देखी कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा कक्षा ९ देखी १२ सम्म प्राविधिक शिक्षा तर्फ सीभिल इन्जिनियरिङ ३ वर्षे डिप्लोमा पढाईहुने गर्दछ ।
विद्यालयको गेट बाट भित्र छिर्दै गर्दा विद्यालय को अवस्था प्रष्ट संग झल्किन्छ । संस्थागत विद्यालय संगको कडा प्रतिष्पर्धा गर्दै विद्यालय पछिल्लो पट निकै सुधार गरेको जसका कारण अहिले विद्यालय प्रति अभिभावक र विद्यार्थीको विश्वश दिन प्रतिदिन बढ्दन थालेको विध्यालयका प्रधानाध्यापक लक्ष्मेश्व प्रसाद वनवरीया बताउनुहुन्छ ।
विद्यालय पहिलेको भन्दा अहिले धेरै परिवर्तन भएको छ । विद्यालयको शैक्षिक सुधारका लागी पालिकाले धेरै नै सहयोग पुर्याएको छ । तर सामुदायिक विध्यालको सुधारका लागी एक पक्ष मात्र लागेर हुदैन यसकालागी सबैपक्ष लाग्नु पर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन देवान बताउनुहुन्छ ।
स्थानिय तहमा जनप्रतिनिधी आएपछि गाउँपालिकाको शिक्षाको क्षेत्रमा धेरै परिवर्तन भएको । अफ्नै पालिका भित्र सञ्चालनमा रहेका विद्यालयको अवस्था कस्तो छ , त्यसलाई सुधार गर्न के आवश्यक छ भन्ने कुरा जनप्रतिनिधीले बुझेका कारण ले पनि पछिल्लो समय गाउँपालिकाको शिक्षा क्षेत्रमा धेरै परिवर्तन आएको वडा नम्बर २ स्थित पञ्चकन्य आधारभुत विध्यालयकी प्रधानाध्यापक हरिमाया मावो लिम्बु बताउनुहुन्छ ।
पछिल्लो समय सामुदायिक विद्यालयको अवस्थामा सुधार भएको छ । तर अझै पनि सामुदायिक विद्यालयको सुधारका लागी अझ धेरै काम गर्नुपर्ने छ । यसकालागी सबै मिलेर लागे मात्र सम्भवहुने विध्यालयका पुर्व विद्यार्थी समाजका अध्यक्ष पुर्णमान राई बताउनुहुन्छ ।
चुलाचुली गाउँपालिकामा सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका संगसगै अंग्रेजी विषय अध्यापन गराउन थालेपछि सामुदायिक विद्यालय प्रति विध्यार्थिको आकर्षण बड्न थालेको छ ।
तर अझै पनि शिक्षामा गुणस्तर सुधार, प्रविधिको पहुँचमा विस्तार र ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच सुनिश्चित गर्नु प्रमुख चुनौतीका रुपमा रहेका छन् । शिक्षामा प्रविधिको थप उपयोग, शिक्षकहरूको क्षमता विकास, र विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्न आश्यक रहेको छ ।
त्यस्तै विध्यार्थीको सिकाईमा विद्यालयको वातावरणका साथै घरको वातावरणले धेरै प्रभाव पार्दछ । विध्यार्थीलाई सकारात्मक व्यवहारको गर्नु पर्दछ अभिभावक शिक्षित भएमा बालबालिकालाई अनुशासन, समय व्यवस्थापन, र नैतिक मूल्य सिकाउन धेरै मद्दत पुग्दछ ।
अभिभावक शिक्षित भएमा विध्यार्थीमा आईपर्ने कठिनाइ समाधान गर्न मद्दत पुग्ने भएकोले यसकालागी अभिभावक र शिक्षकबीच सहकार्य हुन आवश्यक छ ।