logo
मंगलबार, कार्तिक ११ २०८३

शिवसताक्षी वाड २ का युवालाई भलिबल र जर्सी प्रदान


  • कुइनेटो न्युज
  • बिहिबार, चैत्र १४ २०८१

मंगलबारे । झापा शिवसताक्षी वाड न. २ का युवा भलिबल खेलाडीहरुलाइ आज भलिबल तथा जर्सी हस्तान्तरण गरिएको छ ।

उक्त जर्सी नेपाली कांग्रेसका महासमिती सदस्य तथा पुर्व शिक्षक मचिन्द्र शेर्माले प्रदान गर्नु भएको हो ।

यहि चैत्र २१ गते देखि २९ गते सम्म संचालन हुने मेयर कपलाई लक्षित गरेर ९ थान जर्सि र १ थान भलिबल प्रदान गर्नु भएको हो ।

शिवसताक्षी २ हिमाली चोकमा स्थायी घर भैइ हाल काठमाण्डौमा ब्यबसाय गर्दै आउनु भएका सेर्माले यस अघि पनि पटक पटक खेलकुद सामग्री , खेलकुद कार्यक्रममा आर्थिक सहयोग ,शैक्षिक संस्थामा आर्थिक सहयोग संगै नगरका विभिन्न बिकास निर्माणमा निक्कै सहयोग गर्दै आउनु भएको बताइएको छ ।

राजनीतिक तथा सामाजिक ब्यक्तित्व सेर्माले आफू राजधानीमा ब्यबसाया गर्दै आए पनि खेलकुदको क्षेत्रमा भबिश्य खोजीरहेका खेलाडीहरुलाइ थोरै भए पनि खेल सामाग्री सहयोग गर्न पाउँदा खुशी भएको भन्दै आगमी दिनमा यस्ता सहयोगलाई वृद्धि गरि निरन्तरता दिने बताउनु भयो ।


भलिबल तथा जर्सी बितरण कार्यक्रममा झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश(क) का सभापती बिनोद ढकाल, जिल्ला सदस्य लोचना लावती, शिवसताक्षी २ का सभापती काजिमान बुढाथोकी, नेपाल तरुण दल शिवसताक्षि अध्यक्ष रबिन गुरुङ्गको उपस्थिति रहेको थियो ।

उता जर्सी र भलिबल प्राप्त गरे पछि खेलाडीहरु निक्कै हर्षित भएको बताएका छ्न । आसन्न नगर कप खेल्नको लागि जर्सीको अभाव भइरहेको अवस्थामा यस्ले टेवा पुग्ने खेलाडी हरुले बताए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend