logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँ पालिकामा विश्व क्षयरोग दिवस २०८१को अवसरमा समुदाय स्तरमा सचेतना मुलक कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • सोमबार, चैत्र ११ २०८१

कमल ।  कमल गाउँ पालिकामा विश्व क्षयरोग दिवस २०८१ को अवसरमा  सााेमवार समुदाय स्तरमा सचेतना मुलुक कार्यक्रम सम्पन्न  भएको छ ।

“हो! हामी क्षयरोग अन्त्य गर्न सक्छौ। लगानीको प्रतिवद्दता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता”भन्ने मुल नाराका साथ
समुदाय स्तरमा विभिन्न क्रियाकलापहरू सञ्चालन गरी कार्यक्रम भव्यताका साथ मनाइयो  छ ।

कमल गाउँपालिका अन्तर्गत कमलनगर अस्पताल कमल २ र लखनपुर स्वास्थ्य चौकी कमल ६ मा क्षयरोग उपचार केन्द्रको रुपमा रहेका स्वास्थ्य संस्थाहरूमा यस आर्थिक वर्ष २०८१/८२ मा जम्मा ३० जना क्षयरोगका बिरामीहरु दर्ता भएको छन र हाल बिरामीहरुकोहरूको उपचार भइरहेको छ|

विश्व क्षयरोग दिवसको अवसरमा विशेषगरी समुदाय स्तरमा जहाँ पिछडिएको क्षेत्रहरू छन् त्यस स्थानमा  क्षयरोगसम्बन्धी जनचेतना मूलक कार्यक्रमका साथै सकांस्पद बिरामीहरूको खकार संकलन  समेत  गरीएकाे थियाे ।

कार्यक्रममा कमल नगर अस्पतालमा कार्यरत सि अ.हे.ब अधिकृत एंव क्षयरोग फोकल पर्सन टिकाराज बर्देवा,लखनपुर स्वास्थ्य चौकीका क्षयरोग फोकल पर्सन  बिसर्जन मोक्तानका साथै कमल गाउँपालिका अन्तर्गत स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको  |कमल गाउँ पालिका स्वास्थ्य शाखाका प्रमुख बिनु थापाले बताउनु भयाे ।

त्यसै गरि बिधालय स्तरमा श्री मंगलमय मा.बि मा कार्यरत बिधालय नर्स  मुना अधिकारीले बिधालयमा क्षयरोग सम्बन्धी स्वास्थ्य शिक्षा दिनु भएको  थियाे ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend