logo
शुक्रबार, साउन २९ २०८३

कमलका कृषकलाई प्रोत्साहन बापत नगद वितरण : उत्पादन वृद्धि हुने अपेक्षा


  • उमानाथ भण्डारी
  • बुधबार, चैत्र ६ २०८१

कमल । झापाको कमल गाउँपालिकाका तरकारी उत्पादक कृषकलाई उत्पादन वृद्धिमा टेवा पुग्ने उद्देश्यीयले आज एक कार्यक्रमका बिच चेक वितरण गरिएको छ ।

गाउँपालिकाले पालिकाकै सभाहलमा कार्यक्रमको आयोजना गरी व्यावसायिक तरकारी उत्पादक कृषकलाई क्षेत्रफलका आधारमा प्रोत्साहन कार्यक्रम अन्तरगत चेक वितरण गरिएको हो ।

गाउँपालिकाले  कार्यक्रमको आयोजना गरी व्यावसायिक तरकारी उत्पादन गर्ने ७० जना कृषकलाई क्षेत्रफलका आधारमा प्रोत्साहन कार्यक्रम अन्तरगत ७ लाख २१ हजार ५ सय रुपैयाँ बराबरको चेक वितरण गरेको हो ।


प्रोत्साहन कार्यक्रममा सहभागी हुनका लागी कृषकले न्यूनतम् ५ कठ्ठा जमिनमा तरकारी बाली लगाउनु पर्ने हुन्छ । यसैका आधारमा कृषकले न्यनतम ७  हजार ५ सय रुपैयाँ देखी बढीमा ४५ हजार रुयैया सम्मको चेक प्राप्त गर्नु भएको थियो ।

र्कायक्रममा सहभागी व्यवसायीक तरकारी उत्पादक कृषकलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई , उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर १ का अध्यक्ष केदार कटुवाल, वडा नम्बर ६ का अध्यक्ष नरेन्द्र भट्टराई लगायतले कृषकलाई चेक वितरण गर्नु भएको थियो ।

गाउँपालिकाको मुख्य आम्दानीको श्रोत भनेकै कृषी भएकोले कृषिको विकासका लागी गाउँपालिका लागी परेको छ । बजारमा गुणस्तर बिउ नपाएका कारण कृषकले भोग्नु परेको समस्यालाई समेत पालिकाले गम्भिर रुपमा लिएको बताउँदै कृषकले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्नका लागी पालिका भित्र रहेका स्थानीय बजारलाई समेत व्यवस्थित गर्न पालिका लागी परेको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।


गाउँपालिकाले यसअघि कृषिको क्षेत्रमा सञ्चालन भएका कार्यक्रमको दायरा फराकिलो बनाउदै आएका छौं । त्यसै कार्यक्रम अन्तरगत यो चेक वितरण कार्यक्रम रहेको हो । यो कार्यक्रले मले कृषकलाई फाइदा पुग्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

गाउँपालिकाले व्यवसायीक कृषकका लागी अघिल्ला वर्ष हरुमा मल, बिउँ, कृषि उपकरण जस्ता वितरण मुखी कार्यक्रम गर्दै आएका थियो तर त्यो कार्यक्रम प्रभावकारी नभएपछि तपाई हरुलाई सम्मन स्वरुप यो चेक मार्फत रकम प्रदान गरेका छौ । यस बाट तपाई हरुले आफूले चाए जस्तो मल बिउ खरिद गरेर उत्पादन बढाउन सक्नु हुने कमल गाउँपालिकाका आर्थिक विकास समितिका संयोजक केदार कटुवालले बताउनु भयो ।


कमल गाउँपालिकामा कुनै उध्योग धन्दा छैन यहाँका मुख्य पेसा भनेको कृषि नै हो । त्यसैले व्यवसयीक कृषकलाई केही गर्नु पर्छ भन्ने हिसाबले यो कार्यक्रम सञ्चालन गरिएको हो । यो रकम आफैमा पर्याप्त होइन तर पनि तपाईँहरूलाई थोरै भएपनि सहयोग पुग्ने कमल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नरेन्द्र भट्टराईले बताउनु भयो ।


गाउँपालिका बाट सञ्चालित यस्ता कार्यक्रमले आफू जस्ता कृषकलाई धेरै नै फाइदा पुग्ने गरेको छ । गुणस्तर बिउ र मलका साथै उत्पादित सामाग्रीले बजार नपाउँदा कृषकले सोचेजस्तो आम्दानी गर्न सकेका छैनन् यस तर्फ पनि पालिकाले ध्यान पुर्याउन आवश्यक रहेको कमल ४ का कृषक शंकरदेव श्रेष्ठ बताउनु हुन्छ ।

यस अघी व्यवसयीक कृषकका लागी गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रम भन्दा यो कार्यक्रम अत्यन्तै प्रभावकारी छ । यस्ता कार्यक्रमले कृषकलाई थप हौसला प्रदान गर्ने कमल २ की कृषक सरिता पौडेल बताउनुहुन्छ ।

कमल गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । जस अन्तरगत हरेक वर्ष सञ्चालन गरेका कार्यक्रमको समिक्षा गर्दै आगामी वर्ष सञ्चालन गर्ने गरेको छ । सोही अनुसार यो वर्ष व्यावसायिक तरकारी उत्पादक कृषकलाई क्षेत्रफलका आधारान प्रोत्साहन कार्यक्रम अन्तरगत चेक वितरण गरिएको हो ।यो कार्यक्रमले कमल गाउँपालिकाको कृषीलाई व्यवासायिक बनाउदै लैजाने विश्वास गरिएको छ ।


कमल गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले सहजी करण गर्नु भएको कार्यक्रममा उपस्थित सहभागीलाई कृषि शाखामा प्राविधीक प्रेम पोख्रेलले शाब्दिक शब्द द्घारा स्वागत गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend