कमल । झापाको कमल गाउँपालिकामा सन्चालन भैरहेको अन्तर वडा स्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता ०८१ अन्तरगत आज को खेलमा वडा नम्बर ७ विजयी भएको छ ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजना भैरहेको प्रतियेागितामा वडालाई ६ लाई १ गाेल का विरूद्ध ३ गेाल अन्तर ले हराउदै वडा नम्बर ७ विजयी भएकेा हेा ।
कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा सम्पन्न खेलकेा पहिलो हाफमा वडा नम्वर ७ का खेलाडी जर्सि नम्वर ३ का अदिप गुरूङले पहिलो गेाल गरेर आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियेा भने पुन देाश्रेा हाफमा वडा नम्बर ७ कै जर्सि नम्बर ७ का खेलाडी प्रशान्त राईले थप २ गेाल गरेर आफ्नो टिमलाई विजयी गराउनु भएको हेा ।

भने वडा नम्बर ६ का खेलाडी जर्सि नम्बर १० प्रह्लाद वर्देवाले १ गेाल गर्न सफल हुनु भएको थियेा ।
आजको खेलको म्यान अफ लि म्याच वडा नम्वरका ७ का जर्सि नम्बर ३ अदिप गुरूङ हुनु भएको थियो । वहाँले नगद सहित ट्रफि प्राप्त गर्नु भएको छ ।
“हाम्रो कमल,हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नाराका साथ सुरु भएको फुटवल प्रतियोगिता चैत्र ८ गते फाईनल सगै समापन हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु का साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद तथा ट्रफि प्रदान गरिने आयेाजकले जनाएको छ ।
भोलिको खेल वडा नम्वर १ र ५ का बिच दिनको २ बजे देखी केर्खा खेल मैदानमा हुनेछ ।