logo
शुक्रबार, साउन २९ २०८३

कमल नगर अस्पतालको स्तरोन्नतिमा अध्यक्ष राईको सकृयता : मातृत्व प्रोत्साहन देखि पूर्वाधार सुधार सम्म


  • कुइनेटो न्युज
  • सोमबार, चैत्र ४ २०८१

कमल । कमल नगर अस्पतालको स्तरोन्नतिमा गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको सकृयताले अस्पतालमा निकै परिवर्तन भएको छ ।

अध्यक्ष राईको सकृयतामा अहिले अस्पतालमा मातृत्व प्रोत्साहनदेखि पूर्वाधार तर्फको सुधारमा समेत परिवर्तन भएको छ ।

जसका कारण अस्पतालको सेवा विस्तार, भौतिक पूर्वाधार सुधार, र नागरिकमैत्री स्वास्थ्य सेवा प्रवद्र्धन गर्ने क्रम तीव्र भइरहेको छ । जनताको स्वास्थ्य सेवा पहुँचलाई प्रभावकारी बनाउने उद्देश्य तर्फ अस्पताल प्रशासन समेत लागेको छ ।

सुत्केरी सेवामा नगद प्रोत्साहन ः मातृत्व सुरक्षाको ऐतिहासिक पहल

सुरक्षित मातृत्व प्रवद्र्धन गर्दै, कमल गाउँपालिकाले अस्पतालमा निःशुल्क सुत्केरी सेवा लिने महिलालाई नगद ५ हजार रुपैया प्रोत्साहन उपलब्ध गराउने नीति लागू गरेपछि अहिले अस्पतालमा सुत्केरी गराउने महिलाहरुको संख्यामा समेत वृद्धी भएको छ । नगद प्रोत्साहन योजनाअन्तर्गत अस्पतालमा नर्मल डेलिभरी भएकी सुत्केरी महिला र नवजात शिशुलाई अध्यक्ष राईले न्यानो झोला का साथै नगद ५ हजर रपृया हस्तान्तरण गर्नुभयो ।

अस्पतालमा आएर कमल ४ निवासी २९ वर्षीया मनिषा खागुमले आईतवार बिहान सभा ११ बजे ३ केजी १०० ग्रामकी छोरी जन्माउनुभएको थियो । आफ्नै पालिकाको अस्पतालमा छोरी जन्माउन पाउदा खुशी भएकी मनिषा अस्पतालको तर्फ बाट सुत्केरी महिलाहरूलाई आर्थिक राहत तथा संस्थागत प्रसूति सेवा प्रोत्साहन समेत प्राप्त गर्न पाएकोमा अस्पताल प्रशासन प्रति आभार व्याक्त गर्नु भयो ।

“स्वास्थ्य सेवा नागरिकहरूको मौलिक अधिकार हो । मातृत्व सुरक्षा सुनिश्चित गर्न गाउँपालिकाले अस्पताल स्तरोन्नति, निःशुल्क स्वास्थ्य सेवा, र उपकरणहरूको व्यवस्थापनमा प्राथमिकता दिएको छ । साथै कमल गाउपालिकाका महिला सुत्केरी सेवा लिने महिलालाइ निःशुल्क एम्बुलेन्स सेवा पालिकाले प्रदान गरिरहेको छ । सुत्केरी ब्यथाका बेला कुनै पनि महिला रकम अभाबले सस्थागत सुत्केरी सेवा लिन बाट बन्चित नहुन भन्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राई बताउनुहुन्छ ।

कमल नगर अस्पतालको सेवा विस्तार र पूर्वाधार सुधार

अस्पताल व्यवस्थापन तथा सेवाको गुणस्तर सुधार सगै स्वास्थ्य सेवा प्रवाह, भौतिक संरचना, तथा आवश्यक उपकरणहरूको व्यवस्थापनमा गाउँपालिका लागी परेको छ । जसका कारण आज अस्पताल प्रति नागरिकको विश्वस दिनप्रतिदिन बढी रहेको अध्यक्ष राई बताउनु हुन्छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण ः सेवा सुदृढीकरणको महत्वपूर्ण पहल

कमल नगर अस्पताललाई व्यवस्थित बनाउनुका साथै सेवा लाई प्रभावकारी बनाउने द्देश्यले, पछिल्लो समय विभिन्न निकायको समन्वयमा अस्पतालमा विभिन्न प्रकारका आधुनिक उपकरण थप भै रहेका छन् । जस अन्तरगत स्वस्थ्य सेवा विभाग, पथलैया शाखा बाट भ्ऋन् मेसिन १ थान र ट्रान्सफर ट्रली २ थान प्राप्त भएको छ । प्राप्त भएका उपकरणले अस्पतालको सेवा लाई प्रभावकारिता बढाउनुका साथै सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने अस्पतालले जनाएको ।

अस्पताल पूर्वाधार निरीक्षण ः गुणस्तरीय सेवा सुनिश्चितता

अस्पतालको पूर्वाधार निर्माणा तर्फ भै रहेको संरचनाको अवस्थाका बारेमा समेत अध्यक्ष राईले चासो देखाउनु भएको छ । नस अन्तरगत हाल निर्माणाधीन अवस्थामा रहेको जेनेरेटर जडान प्रक्रियाको ,एक्स–रे कोठाको मर्मत लगायका कार्य अवलोकन गर्दै सेवा प्रभावकारिता बढाउन आवश्यक निर्देशहरू दिनुभयो ।

स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद ः जनचासोका विषयमा छलफल

स्वास्थ्य सेवा मात्र सुधार गर्नु होइन, जनतासँग प्रत्यक्ष संवाद गर्दै तिनीहरूको गुनासो, आवश्यकता, र सुझावहरू संकलन गर्नु पनि अध्यक्ष राईको प्राथमिकता रहेको छ। उहाँले अस्पतालमा उपचारका लागि आएका नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै सेवा प्रवाहको गुणस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कमल नगर अस्पतालको भविष्य ः आगामी योजनाहरू

कमल गाउँपालिकाले दीर्घकालीन सुधारका लागि केही नयाँ योजनाहरू समेत अघि सारेको छ, जसमध्ये प्रमुख लक्ष्यहरू निम्नानुसार छन्

⭐ डिजिटल स्वास्थ्य सेवा प्रवद्र्धन बिरामीहरूको रेकर्ड व्यवस्थापनलाई डिजिटल प्रणालीमा लैजाने । निःशुल्क स्वास्थ्य परीक्षण शिविर विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, तथा अपांगता भएका व्यक्तिहरूका लागि ।

सुत्केरी सेवा सुधार अस्पतालमा प्रसूति सेवा अझ व्यवस्थित बनाउन थप योग्य जनशक्ति र आवश्यक उपकरण उपलब्ध गराउने। नयाँ विशेषज्ञ सेवा सञ्चालनलागी चिकित्सक तथा स्वास्थ्यकर्मी थप गरि विशेषज्ञ  सेवा सञ्चालन गर्ने योजनाका साथ अस्पताल प्रशासन लागीपरेको अस्पतालका प्रमुख दिपक दाहालले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend