जापान । जापानको फुकुओकामा स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ क्रेकेट प्रतियाेगिता हुनेभएको छ ।
फुकुओका क्रिकेट क्लबको आयोजनामा क्युस्युबासी नेपालीहरु बिच मेलमिलाप तथा भाइचारा वृद्धि गर्ने उदेश्यले दोस्रो क्युस्यु क्रिकेट कप २०२५ को आयोजना गर्न लागिएको हाे ।
२०२५ मे महिनाको ५ र ६ तारीकका दिन गान्नोसु रिक्रिएनस सेन्टर स्थित खेल मैदानमा गर्ने गरी तयारी अगाडी बढाएको जानकारी क्लबका म्यानेजर मिराज सेडाईले बताउनु भयो ।
पहिलो संस्करण भव्यताका साथ सम्पन्न भएकोले दोस्रो संस्करण पनि आयोजना गर्ने उर्जा मिलेको र दोस्रो संस्करणमा क्युस्युकै सर्वाधिक धन राशीको प्रतियोगिता गर्ने गरी तयारी गरीरहेको र विस्तृत जानकारी छिटै नै दिने पनि म्यानेजर सेडाईले बताउनु भयो ।