logo
शुक्रबार, साउन २९ २०८३

कमल १ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा इम्प्लान्ट सेवा विस्तार


  • कुइनेटो न्युज
  • बुधबार, फाल्गुन १४ २०८१

कमल । कमल गाउँपालिका १ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा इम्प्लान्ट सेवा विस्तार गरिएको छ ।

परिवार नियोजन सेवा अन्तर्गत महिलाहरुको लागि ५ वर्षे अस्थायी साधन इम्प्लान्ट (JADELLE) सेवा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
) सेवाको वडा अध्यक्ष तथा स्वास्थ्य सस्था सन्चालन तथा व्यवस्थापन समितीका अध्यक्ष केदार कटुवाल द्वारा इम्प्लान्ट सेट स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरि विधिवत रुपमा सेवा शुभारम्भ गरिएमको हो ।

सन्तानको इच्छा पुरा भएका ईच्छुक वडाबासी सम्पुर्ण महिलाहरुलाई यस आधारभूत स्वास्थ्य केन्द्र बासँवारीमा सम्पर्कगरी सेवा लिनुहुन अध्यक्ष केदार कटुवाल वडावासी महिलाहरुलाई अनुरोध गर्नु भयो ।

सेवा सन्चालनका लागि आवश्यक साथ, सहयोग र योगदान पुर्याउन सहयोग गरेको कमल गाउँपालिका स्वस्थ्य शाखा र वडा कार्यलय प्रति आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल १ को तर्फ बाट आभार सहित धन्यवाद ज्ञापन गरिएको थियो ।

आगामी दिनमा गाउँपालिका भित्र रहेका सबै आधारभूत स्वास्थ्य सेवा केन्द्रमा क्षयरोग (DOTS ) रोगथामकालागी सेवा विस्तार गर्नुका साथै पोषण कर्नर समेत स्थापना गरीने कमल गाउँपालिका स्वस्थ्य शाखा संयोजक विनु थापाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend