logo
मंगलबार, कार्तिक ११ २०८३

नरेन्द्र जनतामा माध्यमिक तह स्तरिय कबिता वाचन प्रतियोगिता सम्पन्न 


  • कुइनेटो न्युज
  • आइतबार, फाल्गुन ११ २०८१

 

कमल । कमल गाउँ पालिका १ स्थित  नरेन्द्र जनता माध्यमिक विद्यालयमा गठित  फुलवारी बाल क्लवको आयोजना तथा अग्नि-मनमाया स्मृति प्रतिष्ठान गौरादहको प्रायोजनमा माध्यमिक तह स्तरिय कबिता वाचन प्रतियोगिता सम्पन्न भएको छ।

कमल गाउँ पालिका र गौरादह नगरपालिकाका सामुदायिक तथा सस्थागत बिद्यालयहरु  बिच कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा निहारीका बोर्डिङ स्कुल कमल ३ ,नरेन्द्र जनता मा बि कमल १  र साउथपोल एजुकेशन फाउन्डेसनका विद्यार्थी क्रमश प्रथम द्वितीय र तृतीय स्थान  हासिल गर्न भएको थियो ।

सडक बालबालिका शिर्षकमा प्रस्तुत कबिताहरुको मुल्यांकन जनता माध्यमिक विद्यालय का पुर्व शिक्षक आदरणीय कृष्ण प्रसाद नेउपाने र अग्नि मनमाया प्रतिष्ठानका संयोजक गोपाल खरेल(शरद) ले गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथी कमल गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष  केदार कटुवालले बिजेता र सहभागी विद्यार्थीलाई ट्रफी,मेडल,प्रमाण पत्र र पुरस्कार बितरण गर्नु भएको थियो। बालक्लवकी उपाध्यक्ष समीक्षा रेग्मिको सभापतित्वमा सन्चालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य बालक्लवकी सदस्य अम्बिका पौडेल गर्नु भएको थियो भने सन्चालन शिक्षक मनिषा कठायतले गर्नु भएको थियो।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend