कमल । नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले खेलकुदको माध्यमबाट युवालाई पार्टीमा जोड्न सकिने बताउनु भएको छ ।
नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट फुटबल प्रतियोगिताको शनिवार केर्खा खेल मैदानमा सम्पन्न फाइनल खेलको शुभकामना मन्तव्यका क्रममा सो कुरा बताउनु भएको हो ।
नेकपा एमालेले सञ्चालन गरेको जरा अभियान अन्तरगत पार्टीले तल्लो तहसँग गर्नु पर्ने विभिन्न रचनात्मक कार्यक्रम अन्तरगत गाउँ कमिटी द्वार आयोजना गरेको फुटबल प्रतियोगितामा उत्कृष्ट भएकोले बताउनु भयो ।
त्यस्तै फुटबल प्रतियोगिताकै कारण गाउँपालिकाका रहेका ५० जना भन्दा बढी युवा समेत पार्टीमा प्रवेश गरेका थिए ।
पार्टी प्रवेश गरेका युवालाई स्थाई कमिटी सदस्य तथा मुख्य मन्त्री कार्कीले टिका र खादा लगाएर स्वागत गर्नु भएको थियो ।